बाँके प्रदेशसभा क्षेत्र नं २ ख स्वतन्त्र उम्मेदवार डा. विनोद कर्न ज्यूको प्रतिबद्धता पत्र आज पत्रकार सम्मेलन द्वारा सार्वजनिक



कार्तिक २५ गते बाँके ।

चुनावमा मतदातालाई आफूतर्फ आकर्षण गर्न मतदाताले आफ्नो घोषण–पत्र तथा प्रतिबद्धता–पत्रलाई धेरैभन्दा धेरै आकर्षण बनाउने प्रयास गर्छन् । यहाँसम्मकी कतिपयले त आफ्नो उम्मेदवारी पदभन्दा माथिका मुद्दाहरुलाई पनि पत्रमा समावेश गरेको पाइन्छ । त्यसैमा आफ्ना पत्र सार्वजनिक गर्ने बेलामा उस्तै तामझाम, भण्डा, ब्यानरले कार्यक्रम भरेका हुन्छन् । तर आज (शुक्रबार) नेपालगन्जमा स्वतन्त्र उम्मेदवार डा.विनोद कर्णले चुनावी एजेण्डाका रुपमा रहेका प्रतिबद्धता पत्र सार्वजनिक गर्न राखिएको कार्यक्रम धेरै नै बौद्धिक र सालिन देखियो । यहाँसम्मकी उनका बोलीमा ताली नबजाई सहभागी बस्नै सकेनन् ।
सम्बोधन गर्दै डा.कर्णले आफूलाई मर्नुभन्दा पहिला नेपालगन्ज सहरलाई सुन्दर सहरको रुपमा देख्ने रहर भएका बताउँदा कार्यक्रममा उपस्थित सबैको अनुहारमा एकटकता देखियो । उनीको पेसा चिकित्सक भएता पनि नेपालगन्ज सहरलाई सुन्दर बनाउने अभियानमा उनी छन् । त्यसैले उनको हरेक बोलीमा नेपालगन्जको आत्मिएता झल्किन्छ ।
‘म नेपालगन्ज सहर सुन्दर भएको देख्न चाहान्छु । नेपालगन्ज मेरो मुटुसँग जोडिएको शब्द हो । म मर्नुभन्दा पहिला नेपालगन्ज सहर सुन्दर भएको देख्ने मेरो रहर हो । जसका लागि मैले गर्नुपर्ने प्रयास हरसम्मत हुनेछ,’ उनले भने ।

उनी आफूलाई राजनीतिक व्यक्ति भन्न रुचाउँदैनन् । उनले आफ्नो पेसा राजनीतिक नभएको बताए । उनले भने, ‘मेरो पेसा राजनीति हैन । राजनीति मेरो चासोको विषय हो । म नेपाली जनताले पाउनुपर्ने सेवासुविधा र हकअधिकार एवम् नेपालगन्ज सहरलाई सुन्दर बनाउन प्रदेश सदस्यका रुपमा उम्मेदवारी दिएको हो । मलाई राजनीति गर्नु पथ्र्यो भने अहिलेसम्म कुनै न कुनै राजनीति पार्टीसँग आवद्ध भइसक्थे ।’ उनले आफ्ना प्रतिबद्धता पत्रमा पनि आफूले गर्न सक्ने कुरालार्ई मात्र समावेश गरेका छन् । उनी चिकित्सक पेसामा भएका कारण उनले मानव स्वास्थ्यलाई बढी प्राथमिकता दिएका छन् । उनले दीर्घरोगीदेखि दुर्घटनामा परेका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सकिने पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले हाल समाजमा विकराल रुपमा देखिएको लागूऔषधको समस्यालाई सम्बोधन गर्दै त्यसमा आफूले गर्नसक्ने कामलाई प्रष्ट पारेका छन् । जुन कुरा प्राय उम्मेदवारले आफ्नो घोषणा पत्रमा उल्लेख गर्दैनन् । त्यस्तै उनले शिक्षा, सरसफाई, पर्र्यटन तथा सस्कृति, किसानमुखी कृषि जस्ता विषयलाई पनि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।



Post a Comment

Previous Post Next Post