नेपालगन्जमा मेयरको घरै अगाडि सडक कब्जा: ट्र्याक्टर तेर्स्याएर बाटो बन्द गरिँदा पनि प्रहरी प्रशासन र नगर प्रहरी मौन

नेपालजुज , १९ पुस ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) प्रशान्त विष्टको निवास नजिकैको मुख्य सडकमा ट्र्याक्टर तेर्स्याएर सर्वसाधारणको आवतजावत ठप्प परी जलसा गरीदै छ। मेयरको घरबाट करिब २० मिटरको दुरी र वडा प्रहरी कार्यालयबाट ७०० मिटरको आसपासमा यसरी सडक अवरुद्ध गरी कार्यक्रम हुँदा समेत सम्बन्धित निकायले कुनै चासो देखाएका छैनन्।


स्थानीयका अनुसार, बीच सडकमा ट्र्याक्टर तेर्स्याएर बाटो बन्द गरि जलसा गरेको कारण बटुवा र सवारी चालकहरूले ठूलो सास्ती खेप्नुपरेको छ। "नगर प्रमुखको आफ्नै आँखा अगाडि र प्रहरी कार्यालयको यति नजिक सडकमा अराजकता हुँदा पनि कसैले नदेख्नु अचम्मको विषय हो," एक चालकले गुनासो गरे।


​सडक जस्तो सार्वजनिक स्थलमा यसरी अवरोध सिर्जना हुँदा पनि नगर प्रशासनले (नगर प्रहरी) हटाउन पहल नगरेकोमा स्थानीयबासी आक्रोशित छन्। कानुन कार्यान्वयन गर्ने निकाय र नगरका अभिभावक मानिने मेयरको घर नजिकैको यो दृश्यले नेपालगन्जको फितलो सुरक्षा र प्रशासनिक व्यवस्थालाई छर्लङ्ग पारेको छ।



Post a Comment

Previous Post Next Post