नेपालगन्ज, मङ्सिर ३
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ब्रीटिस इङ्लिस बोर्डिङ स्कुल नेपालगन्ज मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज का हवल्दार कृष्णबहादुर खड्का र सहायक हवल्दार टेक राज अधिकारीले विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए
कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक बत्तीको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा हेल्मेट किन अनिवार्य रूपमा लगाउनुपर्छ भन्ने विषयमा व्यवहारिक र उदाहरणसहित सचेतना दिइएको थियो। विशेषगरी बालबालिकालाई सानै उमेरदेखि ट्राफिक नियमको ज्ञान भए दुर्घटना न्यूनीकरण गर्न सकिने र अभिभावकलाई पनि विद्यार्थीहरुले जानकारी दिनु पर्ने भने ।
ट्राफिक प्रहरीले हेल्मेटले टाउकोको सुरक्षा मात्र नभई जीवन रक्षा गर्ने महत्वपूर्ण साधन भएको बताउँदै नियमको पालना सबै नागरिकको दायित्व भएको उल्लेख गरेका थिए । विद्यार्थीहरूले कार्यक्रमलाई चासोका साथ सुनेका थिए र जिज्ञासाहरू समेत राखेका थिए।
विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफलेले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा अनुशासन, जिम्मेवारी र सामाजिक चेतना विकास हुने जानकारी दिए।


Post a Comment