रचनाको स्वरमा ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’, श्रष्टा देखि दर्शकसम्मको यस्तो आपत्ती

 बर्षौ अगाडी गायिका अन्जु पन्तको स्वरमा फिमेल भर्सन र गायक जगदीश समालको आवाजमा रहेको गजल ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ अहिले पनि दर्शक श्रोताको मनमा उत्तिकै कर्णप्रिय रहेको छ । विपिन किरणको शब्द र महेश खड्काको संगीत रहेको गजलले दर्शकको मन जित्न सफल भयो । अहिले पनि यो अन्जु र जगदीशलाई सम्झदा यो गजलको चर्चा हुने गर्दछ ।

यतिबेला किरण क्रिएशन नामक युट्युव च्यानलमा गायिका रचना रिमालको स्वरमा रहेको यहि गजल सार्वजनिक भएको छ । रचना भर्सन भनेर निकालिएको यो गजलमा उनले मिश्रित प्रतिक्रिया पाइरहेकी छिन्। अन्जु पन्तको स्वरसंग तुलना गर्नु आफैमा अन्जुले नेपाली संगीतमा दिएको योगदान प्रति अपमान हुनेछ । उनको साधान र लगावले नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान दिएको छ ।

रचनाको स्वरमा यो गजलको रि-रेकर्ड आफैमा चुनौतिपूर्ण बिषय हो । रचनाले आफ्नो तर्फबाट सक्दो न्याय दिने कोशिस गरेकी छिन् । तर यो गजल रि-रेकर्ड गरेर सार्वजनिक गर्दा अन्जु पन्तको नाम कतै उल्लेख गरिएको छैन । यसमा आम दर्शक देखि नेपाली संगीत र चलचित्र क्षेत्रका केहि व्यक्तिले आपत्ति समेत जनाएका छन् ।
गायक राजेश पायल राईले श्रस्टाको हकमा नै लड्ने विपिन किरण जस्तो व्यक्तिले असली गायकको नाम उल्लेख नहुनु आफैमा दुखद्पूर्ण रहेको लेखेका छन्।

राजेशपायल राई लेख्छन्: ‘मलाई नयाँ पुस्तामा धेरै आस राखेको गायिका हुन रचना रिमाल ! र यो पनि था’छ यो उनको गल्ती पनि होइन ! अब कुरो
अरे बाबा बिपिन किरण जस्तो हस्ती जस्ले स्रस्टाको हकको लागि लड्ने मान्छे अनी महेश खड्का नामै काफी जस्को नाम बिना संगीत अधुरो हुन्छ अनी दुई हस्तिले यो गीत रेकर्ड गारिरहदा असली गायक जगदिश ,गायिका अन्जु पन्त लाई सम्झनु पर्दैन विवरणमा ओरिजिनल गायक जगदिश समाल गायिका अन्जु पन्त उल्लेख नगर्नु हामी सबैलाई हानिकारक तर रचना को गाएकी तारिफ योग्य ❤️’

नेपाली चलचित्र क्षेत्रका निर्माता सन्तोष शेनले के हो रचना भर्सन भन्दै आवाज उठाएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै, पुन रि रेकर्ड गरेर मौलिक गीतको धज्जी उडाउनु गलत हो। डलरको लोभमा गायिकी र आफ्नै सृजना को हत्या भएको छ।

निर्माता सन्तोष शेन लेख्छन्,’ “न बिर्से तिमीलाई”
बाल,बालिका भर्जन ,केटा भर्जन अनी बाजे भर्जन निकाल्नु…यो रचना भर्जन के हो ..? रचना रिमाल उदाउदी अहिलेका संगीतकार को रोजाईमा पर्ने गायिका मध्यकी एक हुन धेरै गीत गाउछीन पनि .. तर यो कालजय गीत जसमा अन्जु पन्तको जिवन्त गायन छ । यसको इज़्ज़त राख्नुपर्छ.. रियालिटी शो मा गाउनु, कभर गर्नु राम्रो हो .. पुन रि रेकर्ड गरेर मौलिक गीतको धज्जी उडाउनु गलत हो.. डलरको लोभमा गायिकी र आफ्नै सृजना को हत्या भएको छ.. पुन: सिर्जना गर्दा पुरानो सृजना बिर्साउने प्रस्तुति हुनुपर्छ नत्र भने लोभ ले लाभ लाभले विलाभ हुनसक्छ… **भविष्य को तारा हुन रचना यसरी जताभावी उनको प्रतिभालाई गलत प्रयोग नगरौ…#गीतकार #संगीतकार’

यी दुई प्रतिनिधि प्रतिक्रिया मात्र हुन् । आम दर्शकले पनि यो गीतमा ओरिजिनल श्रष्टाको नाम उल्लेख नहुनु दुखद भएको बताएका छन्।


Post a Comment

Previous Post Next Post