नेपालगंज २५ भदौ।
सिद्धार्थ जंग शाह
बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् ।
नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेका छन् ।
सुधार गृहका अनुसार मृत्यु हुनेको नाम सूची यस प्रकार छ :
१.समीर थापा ( बाँके)
२.भूपेन्द्र विष्ट ( दैलेख )
३. जगत देउवा ( कैलाली )
४. रमेश विष्ट (आछाम)
५. दिनेश घर्तीमगर (दांग)
Post a Comment