बैंक तथा वित्तीय संस्थाका कर्मचारीको लागि बैंकर्स क्लब गठन।

नेपालगंज उपमहानगरपालिका भित्र रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन ।आज बसेको बैंकर्स कर्मचारीहरुको बैठकमा पाल्नु भएका बैंकक कर्मचारीहरुलाई एकीकृत गरेर कार्यसमिति चयन गरिएको छ। बैंक तथा कर्मचारीहरुमा आइपर्ने समस्यको समाधानका लागि संगठन निर्माणमा गरिएको छ ।


बैंक तथा बैंकमा कार्यरत कर्मचारीका पिडाहरुलाइ बैंकर्स क्लब मार्फत समस्याको समाधान गरिने छ। संगठनलाई बलियो बनाउनको निमित्त बैंकर्स क्लब भनेर नाम दिएको छ ।
उपमाहानगरपालिकाबाट २०७५ सालमा दर्ता भै प्रमाणपत्र लिए संगै नेपालगंजमा रहेका सबैं बैंक तथा वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीच समन्वय गरेर शंकर पौडेलको अध्यक्षतामा पुर्ण गठन गर्दै उपाध्यक्षमा कृष्ण राज जोशी, सचिवमा नवीन राज पाण्डे, सहसचिवमा किरण राना मगर सह, कोषाध्यक्षमा शैलेस शर्मा यसैगरी सदस्यहरुमा नरेश रावल , स्नेहा भुषाल , गिरिधर शाही , तेज प्रसाद आचार्य गरी १० जन पदअधिकारीहरु चयन भएका छन। क्लबलाई सहजीकरण बनाउनुको निमित्त अवश्यक सल्लाहकार तथा सुझावको लागि सबै बैंक तथा वित्तिय सल्लाहकार समितीमा वित्तिय संस्थाका प्रदेशिक कार्यालयका प्रमुख तथा एभेरेष्ट बैंकका शाखा प्रमुख उज्जवल पोख्रेललाई जिम्मेवारी दिएको छ।

Post a Comment

Previous Post Next Post