हुने बिरुवाको चिल्लो पात भन्ने नेपालि उख्खान हामि सबै माझ परिचित नै छ। अधिकांशले गाउँ घरमा बाल्यकालमा देखिएको लक्षणहरुलाई नै हेर्दै भबिस्यवाणी गर्दै गर्दछन।धेरै जसो मानिसहरु बाल्यकाल देखि नै लाइनमा लागेर भबिस्य सफल बनाएका पनि हुन्छन.,जसले आफ्नो चाहना अनुसार पेशा,ब्यबसाय रोज्छन ति सफल पनि भएका छन,यस्तै मध्येका एक हुन टंक बहादुर धामी।घर परियारको डाक्टर अथवा इन्जिनियर बनाउने सपना पाले पनि आफ्नै रुचिका कारण धामी अहिले पश्चिम क्षेत्रका एक सफल व्यवसायी बन्न सफल भएका छन। उनि जीवनमा त्यतिबेला सबै भन्दा धेरै खुसि भए जब भारतको गुजरातमा वाचमेन काम गरेर ४५ दिनमा २५०० हात पर्यो।“समय र मेहनतको फल”
वि.स. २०३४ साल जेठ 18 गते सुदूरपश्चिमको दुर्गम जिल्ला अछामको विनायकमा बुवा दिल बहादुर धामी र आमा धनादेबी धामीको कोखबाट उनको जन्म भएको थियो। पहाडी जिल्लाको उत्पादनले नपुग्ने भएपनि बुवा सरकारी जागिरे भएका कारण धामीको बाल्यकालमा आर्थिक अभाब झेल्नुपर्ने अबस्था भने आएन,तरपनि बर्सको आधा समय किनेरै खानुपर्ने बाध्यता रहेको उनि बताउछन। बुबा शिक्षित भएकै कारण उनले गाउँकै बिद्यालयमा एस.एल.सी. पास गरे। विद्यामन्दिर मा.वि.बाट एस.एल.सी. पास गरेपछि धामी थप अध्धयनका लागि राजधानि काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भई आइ.ए. पास गरे।
बाल्यकालमै व्यवसाय
टंक धामीका बुवाको सोचाई छोरालाई इन्जिनियरनै बनाउने थियो,तर धामीको सोच भने व्यावसायी बन्ने थियो।कक्षा ८ देखि मंगलसेनमा रहेको मामा घरमा बस्दै गर्दा उनले आफ्नो व्यावसायिक जीवनको पहिलो यात्रा सुरु गरेका थिए।८ कक्षा देखि मामा घरमा बस्न थाले, मामाको रेडिमेड फेन्सी पसल थियो, उनले आफ्नो बाल्यकाल सम्झिदै भने, मामा संगै व्यवसाय कसरि गर्ने भन्ने सिके,अनि भबिस्यमा पनि आफ्नै व्यवसाय गर्छु भन्ने उद्देश्य लिएँ।
धामीको व्यवसायप्रतिको लगाब उनका परिवारलाई चित्त बुझेको थिएन। एस.एल.सी. पछी व्यवसाय गर्छु भन्ने प्रस्ताब घरमा गरेपछि उनका बुवाले पढाइका लागि राजधानी पठाईदिएका थिए।व्यवसाय प्रतिको मेरो मोह देखेर बुबाले गालि गर्नु भयो,मलाइ छुटाऊनकै लागि मामाघरबाट काठमाडौं पढ्नका लागि पठाइदिनु भयो।”खाने मुखलाई जुंगाले छेक्दैन” भने जस्तै उनलाई अध्ययन गर्न राजधानी पठाएपनि धामीको व्यवसायप्रति मोह भने रोकिएन। २०५० सालमा काठमाडौं अध्ययनका लागि भएपछी बुबाले खर्च चलाउन पठाएको पैसाले नै धामीले नयाँ बानेश्वरमा खाद्यान्न व्यवसाय सुरु गरे।
वाचमेन रुपमा भारतमा जागिर
आइ.ए. अध्ययन गर्दैगर्दा राजधानीमा उनको व्यवसाय मुस्किलले चलिरहेको थियो। नयाँ ठाउँ र लगानी पनि सानै भएकाले सफलता पाउन नसकेको धामीको भनाइ छ। त्यसबेला नेपालमा दन्द पनि निकै चरम अवस्थामा थियो। वि.स. २०५९ सालमा उनि विकल्पको खोजिमा भारत छिरे।भारतको सुरतमा कम्पनीमा वाचमेनको रुपमा कम गरे।त्यहाँ मलाइ महिनाको एक हजार आठसय रुपैया मासिक तलब दिन्थ्यो तर त्यतिले नपुग्ने भएपछी गाडी सफा गर्ने काम गरे, उनले भने। धामीलाई गाडी सफा गरेवाफत एकसय रुपैया र मोटरसाइकल को पचास रुपैयाँ दिइन्थ्यो, सबैगरी उनको मासिक कमाइ जम्मा पांचहजार भारतीय रुपैयाँ हुन्थो।
व्यवसायी बन्ने सोचमा रहेका धामीलाई अरुको जागिर गरेर कमाएको पैसाले पुगेन। दुई वर्ष जति त्यो कम्पनीमा काम गरिसकेपछि उनले पुन हिरा कम्पनीमा काम गर्न सुरु गरे।त्यहाँ उनको कार्यक्षमता हेरेर नै केहि समयमै मासिक १५ हजार भारतीय रुपैयाँसम्म आम्दानि गर्न सफल भए। इन्जिनियर बनाउछु भन्ने सपना पाल्नु भएका मेरा बुवा मा भारतमा जागिर गर्न जाँदा निकै दुखि हुनुभयो, उनले भने. मैले पनि आफ्नो बालापन देखिको व्यवसायी बन्ने सोच त्यागेको थिएन,त्यहाँ काम गरेर जम्मा गरेको पैसाले नै व्यवसाय गर्ने मेरो सपना थियो। उनि त्यहाँ काम गरेर वि.स. २०६२ को अन्त्यतिर आफ्नै देशमा केहि गर्ने उद्देश्यले नेपाल फर्किए।
चारलाखमा रेडिमेड व्यावसाय
अर्काको देशमा कति पसिना बगाउनु,आफ्नै ठाउँमा केहि गर्ने उदेश्य ले भारतमा कमाएको चारलाख लिएर उनि नेपालगंज मा प्रसिद्द ब्यापारी कृष्ण प्रसाद श्रेष्ठ कहाँ पुगे।मैले जुत्ता उद्योग बनाउने सोच गरेको थिए ,तर आफन्त ले गरेका कारण प्रतिस्पर्दा गर्न उचित ठानिन र रेडिमेड ब्यबसाय मा सहयोग गर्नुभयो ,अहिले पारिवारिक सहयोग का कारण मेरो यो यो उचाई कायम भएको हो।उनले आफ्नो लामो यात्रा मा जीवन संगिनी राधा देवी धामी को सहायता कै कारण सफलता प्राप्त गरेको दाबी गर्दछन.म धेरै ठाउँमा भौतारिए तर पनि लगातार एक दशक सम्म उनले धैर्येता गरेर बसिन, अहिले म संगै ब्यबसाय सम्हालिरहेकी छन.उनकै यो मा प्रति को विश्वास र धैर्यता कै कारण व्यवसायमा मैले प्रगति गर्न सकेको हु,उनले भने।
अहिले धामिका कमल इन्टरप्राईजेज,मनिषा ट्रेडलिंक र सिद्धिविनायक अर्डर एंड सप्लायर्स नामका ब्यबसायिक फर्महरू नेपालगंजको प्रसिद्ध स्थान मा बनेका छन ।उनीसंग रेडिमेड कपडा तयार पार्ने तिन वटा गार्मेन्ट उद्योग छन र एउटा झोला उत्पादन उद्योग छ।
Post a Comment