नेपालगंज १९ भदौ,
सिद्धार्थ जंग शाह
फेसबुक संचालक कंपनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार फेसबुक प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।
सामाजिक सञ्जाल यतिबेला सामाजिक सञ्जाल बंद हुने खबरले तरंगित बनेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।
Post a Comment