पूर्वराजाले देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् ।

नेपालगंज २४ भदौ। 

सिद्धार्थ जंग शाह 

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् ।


नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै उनले यस्तो बताएका हुन् ।


हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

पूर्वराजा ज्ञानेन्द्रले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।



Post a Comment

Previous Post Next Post