शुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद बैठकले ९ निर्णय हरु :-

 

३० भदौ नेपालगंज -
सिद्धार्थ जंग शाह -

शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद बैठकले ९ वटा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको छ।


निर्णयहरू:-
१.  असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने, सार्वजनिक बिदा दिने।

२.जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने।



३.आन्दोलनमा ज्यान गुमाएकोहरुको राष्ट्रिय  सम्मानसहित अन्तेष्टि गर्ने।

४. मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपुर्ति र अन्य खर्च वापत ५ लाख दिने।

५.घाइतेहरुको निशुल्क उपचार गर्ने।

६.शव लैजानका लागि निशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने ।

७.आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी आउने प्रतिवेदनका आधारमा कारबाही गर्ने।

८.सहादत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने ।

९.अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने।





Post a Comment

Previous Post Next Post