नेपालगंज ०९ अशोज
सिद्धार्थ शाह।
गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई भदौ २३ गतेको जेन–जी विद्रोहमा अत्यधिक बल प्रयोग गरेको भन्दै सरुवा गरेको छ । छबि रिजालको ठाउँमा उद्योगमन्त्रालयका सह-सचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाईएको हो ।
पौडेलले करिब ८ वर्ष अघि सुन तस्करी सम्बन्धी छानविन समितिको संयोजकको जिम्मेवारी पाउदा उहाँकै अनुसन्धानपछि सून तस्कर गोरे पक्राउ परेका थिए ।
रिजालले काठमाडौंको सुरक्षा व्यवस्थापन गर्न नसक्दा जेनजी आन्दोलनका क्रममा ७४ मानव जीवन क्षति हुनुका साथै अर्बऊ बढ़िको सरकारी तथा निजी सम्पति नष्ट भएको आरोप लागेको छ ।
यसअघिका सीडीओ रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ ।
Post a Comment