चौथोवार्ड कप 2082 को फाइनल म्याच सफलतापूर्वक सम्पन्न
बासॅगढी, मछागढ — चौथो वार्ड कप 2082 को फाइनल म्याच बासॅगढी नगर खेलकुद विकास समिति द्वारा आयोजित, बासॅगढी नगरपालिका वडा नं. ९ द्वारा समन्वय र माछागढ यूवा खेलकुद क्लब द्वारा व्यवस्थापन गरी 2082 साल असोज १९ देखि २५ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ।
फाइनलमा, वडा नं. ५ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो र १८.३ ओभरमा ५८/१० रन बनायो।
वडा ५ का शीर्ष ब्याट्समेन् उज्जवल श्रेष्ठ (२२ रन) र सुशील अधिकारी (११ रन) भए।
वडा ९ का बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै आकाश थापा र राजन ठकुरीले ३-३ विकेट, जबकि यमराज बुढा र युवराज रावतले २-२ विकेट लिए।
लक्ष्यको पछि लाग्दै वडा नं. ९ ले १४.४ ओभरमा ५९/३ बनाउँदै ७ विकेटले जित हात पारे।
बसन्त थारु ले १६ रन बनाउँदै अग्रणी भूमिका निभाए, जबकि युवराज रावतले ९ रन योगदान दिए।
वडा ५ का सुशील अधिकारी, रोशन कासेरा, र कुशल ले १-१ विकेट लिए।
🏆 व्यक्तिगत पुरस्कारहरू:
• सर्वाधिक रन: बसन्त थारु (वडा ९) – १०९ रन
• सर्वाधिक विकेट: सुमन बुढा (वडा ९) – १२ विकेट
• म्यान अफ द सिरिज: युवराज रावत (वडा ९) – ६५ रन, ७ विकेट र १४ महत्वपूर्ण क्याच
• उदीयमान खेलाडीहरू: गौरव खड्का (१२ वर्ष, वडा ९) र विश्व केसी (११ वर्ष, वडा २)
Post a Comment