१७ अशोज नेपालगन्ज।
सिद्धार्थ जंग शाह
बाँकेमा अङ्गुर जिसी एस.पी भएर आए देखिनै दुर्गा मूर्ती वीसर्जनमा शांति सुरक्षा गर्छु भन्दै प्रेस समक्ष भन्नु भएको थीयो तर वहाँ एसपी नयाँ भएनी कार्यसैली पुरानै भयो मूर्ति वीसर्जनमा दंगा हुने पुर्ब अनुमानका बिच वहांको नेतृत्वको बाँके प्रहरीकाे दुर्गामूर्ती वीसर्जनमा सुरक्षा व्यवस्थापन कमजोर देखिएकाे छ ।
बाँकेकाे पिप्रहवा, सुजइ गॉउ, बाला गाऊ, फूलटीकरा लगायतका ठाउँमा दुर्गामूर्ती वीसर्जनका क्रममा झडप भएको छ ।
झड़पमा ढूंगा मूडा गर्नुको साथै प्रहरी माथि पेट्रोल बम समेत प्रहार गरिएको छ। साथै स्तिथि नियन्त्रण गर्न नेपाली सेना समेत परिचालन गरे संगै अहीले इस्थिति प्रहरीको नियंत्रणमा रहेको छ।
यी ठाउमा भएको झडपमा केहि प्रहरी सहित करिब दर्जनबढी मानिस समेत समान्ने घाइते भएता पनि
मानिस्को ज्यान गएको भन्नेचै भ्रामक प्रचार मात्र भएको प्रहरीले जनाएको छ। साथै नेपालगंज बासीलाई शांति सुरक्षा कायम गर्न प्रहरी लाई सहयोग गर्न बाँके प्रहरीले अनुरोध गरेको छ।
भन्न लाई सादभाबको शहर भनेता पनि हरेक बर्ष जसो मूर्ती वीसर्जनको समयमा हुने झड़प प्रहरी प्रशासनको लाई ठूलो चुनौती भयको छ।
S.P जीसीले कमांड सम्हालेकाे महिना दिन नपुग्दै करिब आधा दर्जन घटना भएता पनि प्रहरीले समयमानै इस्तिथी नियंत्रणमा लीन सफल भएको छ।
Post a Comment