​बाँके प्रहरीको अर्को ठूलो सफलता जुवाडे समाते संगै आज यौन धन्दा गराउने होटलहरूमा छापा, ४५ जना नियन्त्रणमा ।

 २४ श्रावण नेपालगंज 

सिद्धार्थ जंग शाह।

​जिल्ला प्रहरी बाँकेको कमान्ड एस.पी. अंगूर जीसीले सम्हालेदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आइरहेका विभिन्न गैरकानुनी कामहरूमा नियन्त्रण गर्न प्रहरी एक्सनमा आएको छ।

​साउन २३ गते होटल मौरीमा छापा हानी १४ जना जुवाडेलाई समाती मुद्दा चलाएलगत्तै, आज फेरि नेपालगञ्जमा सञ्चालन हुँदै आइरहेका दंगाली होटल, मिलन कटेज, रिवर साइड होटल र भेरी कर्णाली होटलमा विशेष सूचनाको आधारमा एकैसाथ छापा हानिएको छ।



​यौन धन्दामा संलग्न ३१ जना महिला र १४ जना पुरुष गरी कुल ४५ जनालाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। पक्राउ पर्ने पुरुषहरूमध्ये धेरैजसो भारतीय नागरिक रहेको पनि स्रोतले बताएको छ।


बाँके प्रहरीले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न, खासगरी नेपालगन्जमा मौलाएको जुवा र यौन धन्दाजस्ता गैरकानुनी गतिविधिमा लगाम लगाउन गरेको यो कार्य निकै प्रशंसनीय छ।

​यो कदमले गैरकानुनी काममा संलग्न हुनेहरूलाई कडा सन्देश दिएको छ।

Post a Comment

Previous Post Next Post