२६ असोज नेपालगंज ।
सिद्धार्थ जंग शाह
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्ने क्रममा विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माप्रति पनि खनीदै, सह-महामन्त्री किशोरसिंह राठौरले सोध्नु भयो।
सभापति शेरबहादुर देउवा बेठिक भए ठिक चाहीँ को हो ? वहाँको देश र पार्टी प्रतिको त्याग बलिदान लाई नभुलौ।
बैठक स्रोतका अनुसार, वहांले महामन्त्रीहरूलाई प्रश्न तेर्स्याउदै सोध्नु भयो ।
देश जलेको बेलामा तपाईंहरूले के गर्न सक्नुभयो ?
तपाई हरुले कांग्रेसभित्र ४ वर्षमा के परिवर्तन गर्न सक्नुभएको छर?
वहांले गिरिजा प्रसाद कोइराला लाई समझिदै भन्नु भयो।
पार्टीसँग त्यत्रो पीडा हुँदा पनि गिरिजाबाबुले माओवादीसँग सम्झौता गर्नुभयो । सबै निर्वाचनहरू कांग्रेसको सरकारभन्दा अरुले गराएको पनि छैन वहाले प्रश्न गर्नु भएको थिए, ‘कांग्रेसमा शेरबहादुर देउवा गलत हो भने ठिक चै को हो भंदिनु मलाई ?
साथै वहांले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी लगायतका विध्वसंको जिम्मेवारी जेनजीहरूले नै लिनुपर्ने पनि भन्नु भयो ।
वहांले देश चरम संकटमा छ यस्तो बेला नेपाली कांग्रेस लाई खुट्टा कपाउने र पछि हट्टने छूट छैन अब देश लाई निकास दीन नेपाली कांग्रेस फ्रंटमा आउनु पर्छ भन्नु भयो ।
Post a Comment