नेपालगञ्जका सौभाग्य जङ्ग शाहलाई 'जेन जी' आन्दोलन लाई समर्थन गरेको आरोपमा भौतिक कारबाहीको चेतावनी।

 २८ अशोज - नेपालगंज 

सिद्धार्थ जंग शाह 

​'राष्ट्रवादी सचेत युवा समूह' भनिने एक अज्ञात समूहले नेपालगञ्जका सौभाग्य जङ्ग शाहलाई 'जेन जी' (Gen Z) आन्दोलनलाई समर्थन गरेको आरोपमा भौतिक कारबाही गर्ने चेतावनीसहितको धम्कीपूर्ण पत्र उहाँको मूल गेटमा टाँसेको छ।





​२०८२ साल भदौ २३ र २४ गते देशभर भएको आन्दोलनका क्रममा खर्बौं रुपैयाँ बराबरको निजी, सार्वजनिक तथा सरकारी सम्पत्ति जलेर नष्ट भयो। सोही दिन नेपालगञ्जमा पनि उक्त आन्दोलनले सार्वजनिक तथा सरकारी सम्पत्तिहरूमा क्षति पुर्‍यायो। उक्त दिनको आन्दोलन 'जेन जी' को भए पनि सबै उमेर समूहका नेपाली नागरिकले आ-आफ्नो स्तरबाट समर्थन जनाएका थिए। त्यसैमध्ये एक हुनुहुन्थ्यो सौभाग्य जङ्ग शाह, जसले सामाजिक सञ्जालमा स्टाटस तथा भिडियोहरू पोस्ट गरेर आन्दोलनप्रति आफ्नो समर्थन व्यक्त गर्नुभएको थियो।

​उहाँको पोस्टले आन्दोलन भड्काएको भन्दै श्रावण २४ गते 'राष्ट्रवादी सचेत युवा समूह' नामको अज्ञात समूहले उहाँलाई सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएको छ। माफी नमागे भौतिक कारबाही गर्ने तथा उहाँको सम्पत्तिसमेत जलाइदिने धम्की पत्रमा उल्लेख छ।



​शाहका अनुसार, श्रावण २४ गते राति करिब १२ बजे बिरामी आफन्तलाई अस्पतालबाट भेटेर घर फर्किँदा नेपालगंज १० मा रहेको वहांको निजी निवासको मूल गेटमा सो पत्र टाँसिएको अवस्थामा उहाँले फेला पार्नुभयो।



​यात्रा मिडियासँग कुरा गर्दै शाहले आफूले कुनै गल्ती नगरेको हुनाले कसैसँग माफी नमाग्ने र देशमा  व्याप्त भ्रष्टाचार र बेथितिको बारेमा विगतदेखि नै बोल्दै आएको र भविष्यमा पनि बोलिरहने  बताउनुभयो। साथै, उहाँले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउनुभएको र प्रहरीले चाँडै अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउने आश्वासन दिएको समेत जानकारी दिनुभयो।

​यस घटनापछि नेपाली कांग्रेसका नेपालगञ्ज नगर सभापति सन्दीप जङ्ग शाह, नेकपा (एमाले) का युवा नेता मोहित शाह लगायत अन्य स्थानीय नेता तथा समाज सेवीहरूले यस्तो अपारधिक गतिबिधिकोभर्त्सना गर्नु भएको छ।

Post a Comment

Previous Post Next Post