कार्तिक ३ नेपालगंज
सिद्धार्थ जंग शाह
: मिति २०८१।०७।०३ गते राती १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँके मातहत ई.प्र.का. कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर न.पा. १४ चौधरियामा लक्ष्मी प्रसाद बोहराको पुरानो कुखुराको फर्म भित्र हारजित हुने गरी जुवा तास खेलीरहेको भन्ने बिसेष सूचनाका आधारमा छापा मारेको छ।
प्रहरीले जुवातास खेलिरहेका ११ जना व्यक्तिहरूलाई नगद रु. २,२८,८७५ (दुई लाख अठ्ठाईस हजार आठ सय पचहत्तर) सहित पक्राउ गरेको छ। साथै, जुवा खेल्न प्रयोग भएको तास गड्डी थान-७ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।तिहारको बहाना मा बाँके मा भाई रहेको जुवा तास जस्तो बीकृति लाई निर्मूल गर्न बाँके प्ररीले ऑपरेशननै चलाएको छ।
पक्राउ पर्ने जुवातासमा संलग्न व्यक्तिहरू:
१. लक्ष्मी प्रसाद बोहरा (वर्ष ५६), वडा नं. १५ कोहलपुर नगरपालिका, बाँके।
२. धन बहादुर परियार (वर्ष ३५), निगुवा, बाँके।
३. मायाराम थारु (वर्ष ४२), चौधरियागाउँ, बाँके।
४. सञ्जय चौधरी (वर्ष ३२), ।
५. राम सेवक थारु (वर्ष ५०), ।
६. किशन सुनार (वर्ष ४०), वडा नं. ४ खजुरा गाउँपालिका, बाँके।
७. सत्यनारायण थारु (वर्ष ४२), वडा नं. १५ कोहलपुर नगरपालिका, बाँके।
८. खेम बहादुर क्षेत्री (वर्ष ४०), वडा नं. १७ दानुवा, बाँके।
९. चन्द्रराज गिरी (वर्ष ३८), हलवार, बाँके।
१०. दिलिप सिंह ठकुरी (वर्ष ३८), वडा नं. ३ दोलपा मुड्कीचुला गाउँपालिका, हाल बाँके कोहलपुर न.पा. १४ बैजनाथ टोल।
११. दिपेन्द्र थापा (वर्ष ४०), जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५।
Post a Comment