बिदामा रहेका सशस्त्र प्रहरीलाई नजिकैको यूनिटमा हाजिर हुन निर्देशन।

 १८ अशोज नेपालगंज 

सिद्धार्थ जंग शाह 


सशस्त्र प्रहरी बलले बिदामा रहेका सबै सशस्त्र प्रहरी कर्मचारीलाई नजिकैको सशास्त्र प्रहरी यूनिटमा हाजिर हुन निर्देशन दिएको छ।



विपदमा उद्धारका लागि परिचालन गर्न परेकाले सबै कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन सहित सूचना जारी गरेको छ। 



बिदामा भएका सबै कर्मचारीलाई तत्काल हाजिर हुन र आफ्नो यूनिटमा तत्काल हाजिर हुन नसके नजिकैको जुनसुकै यूनिटमा हाजिर भएर उद्धारमा जुट्न निर्देशन भएको छ ।




 देशभरि नै  सुरक्षाकर्मीहरू हाई अलर्टमा राखिएको छ ।


केही दिन यता भएको भारी वर्षाका कारण गर्नु पर्ने उद्धारका लागि सुरक्षा निकायहरू परिचालन भएका छन।

Post a Comment

Previous Post Next Post