नेपालगन्ज कार्तिक ३,
सिद्धार्थ जंग शाह
शुभ दीपावलीको लक्ष्मी पूजाको अवसर पारेर नेपालगन्जमा पहिलो पटक अत्याधुनिक सुविधासम्पन्न मेट्रो डेन्टल (Metro Dental) तथा आरसीटी सेन्टर सञ्चालनमा आएको छ। नेपालगन्ज–११, नर्सिङ होम अगाडि सञ्चालनमा आएको यो क्लिनिक नेपालगन्जको पहिलो विशिष्टीकृत आरसीटी (Root Canal Treatment) सेन्टर हो।
सेन्टरले दाँतसम्बन्धी सम्पूर्ण जटिल समस्याहरूको उपचार अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सकहरूबाट प्रदान गर्ने जनाएको छ। स्थानीय सेवाग्राहीलाई गुणस्तरीय र सुलभ दन्त सेवा उपलब्ध गराउनु नै सेन्टरको मुख्य उद्देश्य रहेको आरसीटी विशेषज्ञ डा. बसन्त राज न्यौपानेले 'यात्रा मिडिया'लाई बताउनुभयो।
यस दन्त सेन्टरमा डा. न्यौपानेसँगै दन्त चिकित्सक डा. सुशील चौधरी र डा. युवराज अधिकारीले नियमित सेवा प्रदान गर्नेछन्। जसमध्ये डा. न्यौपाने नेपालगन्जमा एकमात्र इन्डोडाँटिस्ट (Endodontist) अर्थात् आरसीटी विशेषज्ञ हुनुहुन्छ।
अत्याधुनिक उपकरणसहित सेवा:
सेन्टरले डिजिटल एक्स-रे, हाइपरलाइट गन (Hyperlight Gun), इन्डोमोटर (Endomotor) जस्ता अत्याधुनिक मेसिनरीहरू प्रयोग गरी आरसीटी सेवा उपलब्ध गराउनेछ। आरसीटीका साथै दन्त परीक्षण, कृत्रिम दाँत बनाउने, दाँत निकाल्ने तथा अन्य सबै दन्तसम्बन्धी सेवाहरू उपलब्ध हुनेछन्।
जन्मथलोमै सेवा दिने डाक्टरहरूको प्रतिबद्धता
डा. न्यौपानेले 'यात्रा मिडिया'सँग कुरा गर्दै यस सेन्टरको सञ्चालनसँगै अब यस क्षेत्रका सेवाग्राहीले जटिल दन्त समस्याहरूको उपचारका लागि काठमाडौँ वा लखनऊ जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो। "हाम्रो उद्देश्य पैसा कमाउने मात्र नभई हामी तीनै जना चिकित्सकहरू यही नेपालगन्जमा पढेर हुर्केकाले यस ठाउँको लागि केही योगदान दिन फर्किएका हौँ," डा. न्यौपानेले भन्नुभयो, "यस दन्त सेन्टरबाट उत्कृष्ट सेवा सुलभ शुल्कमा उपलब्ध गराइनेछ। साथै, गरिब तथा विपन्न वर्गका बाँकेवासीलाई विशेष छुटका साथै निम्न वर्गका लागि निःशुल्क उपचार समेत उपलब्ध गराउनेछौँ।"
को हुन् त डा. बसन्त राज न्यौपाने र डा. सुशील चौधरी?
डा. बसन्त राज न्यौपाने: जुम्ला घर भए पनि वहाँले एस.एल.सी.सम्मको अध्ययन नेपालगन्जको वेस्ट जोन स्कूलबाट गर्नुभयो र वहाँको बाल्यकाल जुम्ला र नेपालगन्जमै बित्यो। बि.डी.एस. (BDS) धरानबाट उत्तीर्ण गरेपछि नेपालको पुरानो स्वास्थ्य संस्था वीर अस्पतालबाट इन्डोडाँटिक्स (Endodontics) मा एम.डी.एस. (MDS) गर्नुभयो। देशका अन्य ठाउँमा गएर कार्य गर्ने अवसर हुँदाहुँदै पनि आफू हुर्केको ठाउँमा केही गर्ने उद्देश्यले वहाँ नेपालगन्जमा सेवा दिइरहनुभएको छ।
डा. सुशील चौधरी: बर्दिया खास घर भए पनि डा. न्यौपानेजस्तै वहाँले पनि नेपालगन्जको वेस्ट जोन स्कूलमा अध्ययन गरी दन्त चिकित्साका लागि उत्कृष्ट मानिने के.यू बाट बि.डी.एस. गर्नुभयो। बाँके र बर्दियावासीको सेवा गर्न आफ्नै जन्मथलोलाई कर्मथलो बनाउने प्रणका साथ वहाँ नेपालगन्ज फर्किनुभएको हो। हाल वहाँले बाँकेका साथै बर्दियाका विकट ठाउँहरूमा समेत गएर दन्त रोगीहरूको सेवा गर्दै हुनुहुन्छ।
सेन्टरको उद्घाटन कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, विभिन्न पेशाकर्मीहरू लगायतको उपस्थिति रहेको थियो। उपस्थित स्वास्थ्यकर्मीहरूका अनुसार मेट्रो डेन्टलले भविष्यमा नेपालगन्जकै उत्कृष्ट दन्त अस्पताल बन्ने सम्भावना बोकेको छ।
Post a Comment