२३ अशोज नेपालगन्ज ।
नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगन्ज-बाइपासस्थित मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ सहित पक्राउ गरेको हो।
बाईपास स्थीत मौरी रेस्टुरेन्टको कोठामा जुवा भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा हानेको थियो।
प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका दुई गड्डी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपालगन्ज बसपार्कस्थित प्रहरी चौकीको इंचार्जको संरक्षणमा उक्त जुवा सन्चालन गरिएको आरोप छ ।
Post a Comment