"रक्त दान, जीवन दान" नारासहित शिखर इन्स्योरेन्स नेपालगंज शाखाको रक्तदान कार्यक्रम सम्पन्न

कार्तिक २८ नेपालगंज 

​शिखर इन्स्योरेन्स कम्पनीको नेपालगंज शाखाले, कंपनीको २१औँ वार्षिकोत्सवको उपलक्ष्यमा " रगत दान, जीवन दान" भन्ने नाराका साथ रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।


​कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजना गरेको यस कार्यक्रममा कम्पनीका कर्मचारी, ग्राहक महानुभाव तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू गरी ४५ जनाले रक्तदान गर्नुभएको छ।


​नेपालगञ्ज शाखाका कर्मचारी श्री उपेन्द्र थपलियाले जानकारी दिनुभएअनुसार, रक्तदान कार्यक्रम कम्पनीको नेपालगञ्ज शाखामा आयोजना गरिएको थियो।


​उहाँका अनुसार जीवन बचाउने यस महान् कार्यमा उत्साहजनक सहभागिता रह्यो। कम्पनीले यस किसिमको सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






Post a Comment

Previous Post Next Post