नेपालगञ्जमा अवैध धन्दा गर्ने स्पा माथि प्रहरीको छापा ९ जाना नियंत्रणमा


३० कार्तिक नेपालगंज।

​ सिद्धार्थ जंग शाह

​नेपालगञ्जमा सञ्चालन हुँदै आइरहेका विभिन्न गैरकानुनी कामहरूमा नियन्त्रण गर्ने क्रममा आज प्रहरीले नेपालगञ्ज बजार क्षेत्रमा स्पाको नाममा अवैध धन्दा गर्नेहरूमाथि छापा (धावा) मारेको छ।


​साउन २३ गते होटल मौरीमा छापा हानी १४ जना जुवाडेलाई मुद्दा चलाएपछि, फेरि नेपालगञ्जका विभिन्न ठाउँमा सञ्चालन हुँदै आएका होटलमा छापा हानी यौन धन्दा गर्नेमाथि अंकुश लगाएको थियो।

 यसै क्रममा आज फेरि विशेष सूचनाको आधारमा बजार क्षेत्रमा सञ्चालित रिलैक्स स्पा, तरङ्गा स्पा, ए-वन स्पा लगायतका दर्जनभन्दा बढी स्पामा छापा हानी अवैध तथा यौन धन्दामा सङ्ग्लग्न ९ जनालाई रङ्गेहात नियन्त्रणमा लिएको छ।

​अवैध धन्दामा संलग्न ४ जना महिला र ५ जना पुरुष गरी कुल ९ जनालाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

​बाँके प्रहरीले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न, खासगरी नेपालगञ्जमा मौलाएको जुवा र यौन धन्दाजस्ता गैरकानुनी गतिविधिमा लगाम लगाउन गरेको यो कार्य निकै प्रशंसनीय छ।

​यो कदमले गैरकानुनी काममा संलग्न हुनेहरूलाई कडा सन्देश दिएको छ।

Post a Comment

Previous Post Next Post