ताइवानमा सम्पन्न ‘असोसियो अवार्ड २०२५’ मा निन्जा इन्फोसिसलाई डिजिटल गभर्मेन्ट अवार्ड प्रदान

नेपालगञ्ज:ताईवानमा सम्पन्न ‘असोसियो अवार्ड २०२५’ मा नेपालगन्जको निन्जा इन्फोसिसलाई डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरिएको छ ।


मंगलबार ताईवानमा सम्पन्न डिजिटल समिटमा निन्जा इन्फोसिसलाई डिजिटल गभर्मेन्ट अवार्ड सहित नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन् ।



नेपालगन्जमा स्थापना भएर हाल काठमाडौंमा रहेको निन्जा इन्फोसिसले नेपालमा स्थानीय तहलाई डिजिटलाइज गर्न डिजिटल पालिकाको बिकास गरेको थियो ।


अवार्ड बुझेपछी नागरिक समाजसंग कुरा गर्दै निन्जा इन्फोसिसका सिईओ रमेश क्षेत्रीले यो अवार्डले नेपालको आइटी क्षेत्रमा राम्रो सम्भावना रहेको छ भन्ने सन्देश दिएको र नेपाली कम्पनी विश्व जगतमा सम्मानित भएकोमा यो खुसी हामी सबैको रहेको बताएका छन् ।


अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०-१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो ।

 

यसअन्तर्गत इमार्क प्रा. लि. ले आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्ड जितेको छ । त्यस्तै आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड मदन भण्डारी मेमोरियल कलेजले पाएको छ । डिजिटल गभरमेन्ट अवार्ड निन्जा इनफोसिस प्रा. लि. ले जित्न सफल भएको छ । त्यस्तै ट्यालेन्ट डेभलपमेन्ट अवार्ड वर्डप्रेस नेपाल कम्युनिटीले प्राप्त गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईस्पान) ले साइबर सेक्युरिटी अवार्ड जितेको छ भने एडुटेक इन्टरनेसनल प्रा. लि.ले स्टार्टअप अवार्ड हात पारेको छ । त्यस्तै अनलिमिटेड टेक्नोलोजी प्रा. लि.ले ग्लोबल बिजनेस सर्भिस अवार्ड हात पार्न सफल भएको छ ।

 

नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा सहभागी यी संस्थाले ताइवानको ताइपेईमा आयोजित समिटमा यी विधामा अवार्ड हात पारेका हुन् ।

 

क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो । महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए

Post a Comment

Previous Post Next Post