दिल्लीको लाल किल्ला मेट्रो नजिकै i20 कारमा भीषण विस्फोट: १३ जनाको मृत्यु, ३० घाइते; उच्च सतर्कता जारी

 कार्तिक २४, २०८२

​नेपालगंज, बाँके

​सिद्धार्थ जंग शाह

​भारतको नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिकै रहेको एउटा i20 कारमा विस्फोट हुँदा सोमबार साँझ कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइतेहरूको LNJP हस्पिटलमा उपचार भइरहेको छ । यस विस्फोटमा प्रयोग भएको गाडीका पुर्जा १०० मिटर टाढासम्म भेटिएका छन् । गाडीमा तीन जना आतङ्ककारी रहेको भनिएको छ ।


​यस विस्फोटलगत्तै उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र दिल्लीलाई उच्च अलर्टमा राखिएको थियो । यसको कारण अझै पत्ता लागेको छैन । दिल्लीमा सन् २००८ पछिको यो सबैभन्दा ठूलो आतङ्ककारी हमला हो । सन् २००८ मा पाँच स्थानमा श्रृंखलाबद्ध बम विस्फोट हुँदा २५ जनाको ज्यान गएको थियो ।




​उत्तर प्रदेशका एडीजी अमिताभले यू.पी. (उत्तर प्रदेश) मा सुरक्षा अवस्था बढाउनका लागि सबै प्रहरीलाई निर्देशन दिइएको बताए । उनले धार्मिक स्थलहरू, संवेदनशील जिल्लाहरू र नेपाल सीमा क्षेत्रमा सुरक्षा कडा पारिने बताए ।



Post a Comment

Previous Post Next Post