परियोजनाको संयुक्त अनुगमन


दैलेख जिल्लामा वान हार्ट वर्ल्डवाइड र एभरेस्ट क्लब दैलेख द्वारा सञ्चालित "स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुदृढीकरण" परियोजनाको संयुक्त अनुगमन कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्मा, स्वास्थ्य सेवा कार्यालय दैलेखका मातृ तथा नवजात शिशु कार्यक्रम सम्पर्क व्यक्ति हरिकला थापा, नौमुले गाउँपालिका अध्यक्ष छवि सुवेदी, स्वास्थ्य शाखा संयोजक भूपेन्द्र शाही, एभरेस्ट क्लब दैलेखका सचिव कृष्ण केसी वान हार्ट वर्ल्ड वाइडका जिल्ला संयोजक सन्तराम चौधरी तथा एभरेस्ट क्लब दैलेखका परियोजना संयोजक भावना खड्का र स्वास्थ्य संस्थाका कर्मचारीहरूको उपस्थितिमा तोली स्वास्थ्य चौकीमा संयुक्त अनुगमन कार्यक्रम सम्पन्न गरिएको हो । वान हार्ट वर्ल्ड वाइडले एभरेस्ट क्लब दैलेखसँगको साझेदारीमा नौमुले गाउँपालिकामा सञ्चालन गरेका कार्यक्रमहरू र त्यसको प्रतिफल को बारेमा सम्पूर्ण सरोकारहरूलाई फिल्ड अनुगमन बाट जानकारी गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो।


तोली स्वास्थ्य चौकीमा परियोजनाद्वारा प्रसुति केन्द्रका लागि अत्यावश्यक सामग्री सहयोग, न्यूनतम सेवा मापदण्ड कार्यक्रम, दक्ष प्रसुति अनसाइड कोचिङ मेन्टरिङ, जन्मपूर्व तयारी तालिम लगायतका कार्यक्रमहरू सम्पन्न गरिएका छन्। परियोजनाद्वारा सञ्चालन गरिएका क्रियाकलाप तथा सामग्री सहयोग पश्चात् स्वास्थ्य संस्थाबाट प्रदान गरिने प्रसुति सेवाको गुणस्तरमा सुधार भएको, स्वास्थ्य संस्थाको व्यवस्थापकीय पक्षमा परिवर्तन आएको कुरा स्वास्थ्य संस्था प्रमुख अमृत प्रसाद न्यौपानेले बताउनुभएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. मनोज विश्वकर्मा ज्यूले परियोजना लागू भएपश्चात् स्वास्थ्य संस्थाबाट प्रदान गरिने प्रसुति सेवामा उल्लेखनीय सुधार भएकोमा खुसी व्यक्त गर्दै दैलेख जिल्लामा धेरै प्रसुति केन्द्रहरू भएको हुँदा परियोजना अवधि अझै लम्ब्याउनुपर्ने कुरा सुझाव दिनुभएको थियो।


एभरेस्ट क्लब दैलेखका सचिव कृष्ण केसीज्यूले परियोजनाको काम गर्ने अवधि निश्चित समयसम्म मात्र हुने भएको हुँदा स्वास्थ्य क्षेत्रमा भएको सुधार दिगोपनाको लागि स्वास्थ्य संस्था र स्थानीय सरकार अग्रसर रहनुपर्ने कुरा बताउनु भएको छ। परियोजनाले नौमुले गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूको गुणस्तर उकास्नको लागि सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै अगामी दिनमा परियोजनासँग समन्वय तथा सहकार्य गर्न गाउँपालिका सधैं तयार रहने बताउनुभएको छ।






Post a Comment

Previous Post Next Post