पुस १३ गते ।
सिद्धार्थ जंग शाह
नेपालगन्ज जेसीजको वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन भएको छ। शनिबार नेपालगन्जमा सम्पन्न अधिवेशनले जेसी मोहित बाबु शर्मालाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता, उद्यमशीलता र सामाजिक रूपान्तरणमा सक्रिय रहँदै आएको नेपालगन्ज जेसीजको नेतृत्व अब शर्माको काँधमा पुगेको छ।
निर्वाचन आयुक्त रोशन कुमार केसीका अनुसार नयाँ कार्यसमितिमा अन्य महत्त्वपूर्ण पदहरूमा निम्न बमोजिम पदाधिकारीहरू निर्वाचित भएका छन्:
- कार्यकारी उपाध्यक्ष: जेसी बिष्णु बुढाथोकी र जेसी आश्विन कोइराला।
- उपाध्यक्षहरू: जेसी स्नेहा शर्मा, जेसी बादल बाबु शर्मा, जेसी लोकनाथ पोखरेल र जेसी सत्यनारायण थारु।
नवनिर्वाचित अध्यक्ष मोहित बाबु शर्माले आफ्नो कार्यकालमा युवाहरूलाई थप सीपमूलक र सामाजिक कार्यमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


Post a Comment