मञ्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले ग्लोबल मनी वीक २०२६ (Global Money Week - GMW) को मूल अवधारणा “Smart Money Talks” लाई आत्मसात गर्दै नेपालगञ्जस्थित M1 Korean भाषा सेन्टरमा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
विश्वभर मनाइने यस विशेष सप्ताहलाई उच्च प्राथमिकता दिँदै मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सम्पूर्ण शाखाहरू मार्फत सप्ताहभर विभिन्न वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराएको छ।
ग्लोबल मनी वीक (Global Money Week - GMW) को अवधारणा:
ग्लोबल मनी वीक बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिने अन्तर्राष्ट्रिय अभियान हो। यसले उनीहरूमा वित्तीय ज्ञान, सीप, व्यवहार तथा जिम्मेवार आर्थिक निर्णय गर्ने क्षमता विकास गर्न सहयोग गर्दछ।
यो अभियान Organisation for Economic Co-operation and Development (OECD) को समन्वयमा सन् २०१२ देखि हरेक वर्ष विश्वभर मनाइँदै आएको छ।
यसै सन्दर्भमा, सन् २०२६ मा नेपालमा पनि नेपाल राष्ट्र बैंक ले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै मार्च १६ देखि मार्च २२ (चैत्र २ देखि चैत्र ८ ) सम्म “Global Money Week 2026” देशभर मनाइरहेको छ।


Post a Comment