सन बिम द्वारा “SEE Youth Friendship Cup–2083” नेपालगञ्जमा आयोजना ।

जनक थापा ,नेपालगन्ज, बाँके 

नेपालगञ्जस्थित Sun Beam English Medium School ले युवा विद्यार्थीहरूबीच मित्रता, खेल भावना तथा प्रतिभा विकास गर्ने उद्देश्यले “SEE Youth Friendship Cup–2083” फुटबल प्रतियोगिता आयोजना गरेको छ  ।

कार्यक्रमको अध्यक्ष ईश्वर प्रसाद पोखरेल तथा प्रमुख अतिथि सञ्जय थापा रहनुभएको उक्त प्रतियोगिता मिति २०८३ वैशाख २५ गते ANFA Ground विशाल चोक, नेपालगञ्जमा सञ्चालन भएको छ ।


प्रतियोगितामा SEE दिएका विद्यार्थीहरूको सहभागिता रहने बताइएको छ। कार्यक्रमले युवाहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य र आत्मविश्वास बढाउन सहयोग पुग्ने विद्यालय प्रशासनको विश्वास रहेको छ।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई विशेष पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। आयोजक तथा विद्यालयले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेको छ।




Post a Comment

Previous Post Next Post