कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै धान रोप्ने परम्परागत विधिबारे जानकारी हासिल गरेका साथै दही–चिउरा ग्रहण गरी राष्ट्रिय धान दिवसको महत्वलाई व्यवहारिक रूपमा अनुभव गरेका थिए।
विद्यालयले यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रममार्फत विद्यार्थीहरूलाई पुस्तकको ज्ञानसँगै जीवनोपयोगी सीप, कृषि संस्कृतिप्रतिको सम्मान र नेपाली मौलिक परम्पराको संरक्षण गर्न प्रेरित गर्दै आएको छ। असार १५ नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ र यस दिन धान रोपाइँसँगै दही–चिउरा खाने परम्परा रहेको छ।


Post a Comment