मञ्जुश्री फाइनान्स लिमिटेड नेपालगञ्ज शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण |

मञ्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व -Corporate Social Responsibility – CSRअन्तर्गत कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।




हरेक वर्षझैँ यस वर्ष पनि मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत कोहलपुर नगरपालिकालाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।




हाल मञ्जुश्री फाइनान्स लिमिटेडले देशभर रहेका २८ शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर मार्फत सर्वसाधारणलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।




Post a Comment

Previous Post Next Post