रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा रोटरी वृक्षारोपण सप्ताह–२०२६ अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

नेपालगञ्ज, साउन ९, २०८३


रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा रोटरी वृक्षारोपण सप्ताह–२०२६ अन्तर्गत आज मिति २०८३/०४/०९ गते नेपालगञ्जस्थित संयुक्त जाँच चौकी (भन्सार) कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।



कार्यक्रमका प्रमुख अतिथि संयुक्त जाँच चौकी (भन्सार) कार्यालयका प्रमुख अधिकृत जनार्दन पौडेल रहनुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन तथा संयोजन सरोज रेग्मीले गर्नुभएको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ५०० भन्दा बढी बिरुवा रोपिएको जानकारी दिइएको छ।


रोटरी क्लब अफ सेन्ट्रल बाँकेका सदस्य चक्र गिरीले उक्त कार्यक्रमसम्बन्धी जानकारी यात्रा मिडिया हाउसलाई उपलब्ध गराउनुभएको हो।

Post a Comment

Previous Post Next Post