रोटरी क्लब अफ सेन्ट्रल बांकेले टिकापुर नगरपालिका परिसर र टिकापुर - खक्रौला सडकखण्डमा मा १५० वृक्षारोपण कार्यक्रम सम्पन्न ।

 टिकापुर, । कैलाली श्रावण ११, २०८३

रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटान अन्तर्गत सञ्चालित राष्ट्रव्यापी "१ लाख वृक्षारोपण अभियान" लाई सफल बनाउन रोटरी क्लब अफ सेन्ट्रल बांकेले टिकापुर नगरपालिका परिसर र टिकापुर - खक्रौला सडकखण्डमा मा १५० वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो।



कार्यक्रममा रोटेरियन पदाधिकारी, नगरपालिका प्रमुख र कर्मचारीहरु, नगर प्रहरी, विभिन्न सरोकारवालाहरु तथा स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको थियो। सामूहिक श्रमदानमार्फत टिकापुर-खक्रौला सडकखण्डको बिच भागलाई हरियाली र सुन्दर बनाउने उद्देश्यले विभिन्न जातका बिरुवाहरू रोपिएका थिए।


कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लब अफ सेन्ट्रल बांकेका कैलाली परियोजना संयोजक रोटरीयन मनिष मंडलले "वृक्षारोपण भावी पुस्ताका लागि गरिएको अमूल्य लगानी हो। वातावरण संरक्षणको चेतना फैलाउने सबैभन्दा उपयुक्त स्थान सडक क्षेत्र भएकाले यहाँबाट समाजमा प्रकृतिप्रतिको जिम्मेवारी विकास हुन्छ," भन्ने धारणा व्यक्त गर्नुभयो।



बन, वातावरण तथा बिपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले नगरपालिकालाई वृक्षारोपण कार्यक्रमको स्थलका रूपमा छनोट गरी वातावरण संरक्षणमा योगदान पुऱ्याएकोमा रोटरी क्लबप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि वातावरण संरक्षण तथा प्रवर्दनमा थप सेवा परियोजनाहरू सञ्चालन गर्न आग्रह गर्नुभयो।



कार्यक्रममा रो. मनिष मंडल, रो. पर्शुराम चौधरी, टिकापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन धिताल, ई. राजेन्द्र रावल, वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी, स्थानीय सरकार सबलीकरण कार्यक्रम सु.प. संयोजक यग्मान सेठी, नगर प्रहरी प्रमुख पहल शाह र नगरपालिका कर्मचारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

रोटरी क्लब अफ सेन्ट्रल बांकेका अध्यक्ष रो. ईश्वरी जंग मल्लले "रोटरी वृक्षारोपण सप्ताह २०२६" कार्यक्रमले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र भावी पुस्ताप्रतिको दायित्वलाई व्यवहारमा उतार्दै रोटरीको यस वर्षको अन्तर्राष्ट्रिय नारा "Create Lasting Impact" लाई सार्थक रूपमा आत्मसात् गरेको जनाएको थियो।

Post a Comment

Previous Post Next Post