नेपालगञ्ज स्थित एकिकृत जाँच चौकी परिसरमा आज बृहत बृक्षारोपन कार्यक्रम

 नेपालगञ्जसाउन ९, २०८३ नेपालगञ्ज स्थित एकिकृत जाँच चौकी परिसरमा आज बृहत बृक्षारोपन कार्यक्रम आयोजना गरिएको छ। रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना एबं एकिकृत जाँच चौकी नेपालगञ्ज, भन्सार एजेन्ट संघ नेपालगञ्ज ईकाई, टीआएस एटलस लोजीपार्क प्रा. लि. को सहकार्यमा सम्पन्न कार्यक्रम एकिकृत जाँच चौकी नेपालगञ्ज का प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।



कार्यक्रममा एकिकृत जाँच चौकीका सुरक्षा प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक तिर्थराज न्यौपाने, जाँच चौकी व्यवस्थापन कम्पनी टीआएस एटलस लोजीपार्क प्रा. लि. का टर्मिनल व्यवस्थापक तर्कराज जोशी, बरिष्ठ पत्रकार झलक गैरे, नेपाल भ्यालुअर्स एसोसियसनका उपाध्यक्ष ईन्जिनियर बिबेक लामिछाने, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगञ्ज भन्सार एजेन्ट संघका अध्यक्ष दिनेश बानिया, नेपालगञ्ज म्याराथनका अध्यक्ष टी. एस. ठकुरी, रोटरी क्लब सेन्ट्रल बाँकेका परियोजना संयोजक रो. सरोज रेग्मी, सचिव रो. उदय पौडेल, पब्लिक ईमेज चियर रो. बिधान न्यौपाने, रो. चक्र गिरी



तथा अन्य पदाधिकारी, भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्ट संघका पदाधिकारीहरू, लगायत करिब ४० जनाको सहभागितामा सम्मपन्न कार्यक्रममा करिब बिभिन्न प्रजातिका करिब ५०० बिरूवा रोपिएको रोटरी क्लबका सदस्य तथा परियोजना संयोजक रो. सरोज रेग्मीले जानकारी दिए।



कार्यक्रमका प्रमुख अतिथि प्रमुख भन्सार अधिकृत पौडेलले वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपणको आवश्यकता औंल्याउँदै रोपिएका बिरूवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो। रोटरी क्लब अफ सेन्ट्रल बांकेका रोटरी बर्ष २०२६-२७ का अध्यक्ष रो. ईश्वरी जंग मल्लले रोटरी क्लब डिस्ट्रिक ३२९२ ले यस २६ जुलाई देखि १ अगस्टसम्म संचालन गरेको बृक्षारोपण सप्ताह २०२६ भव्य रूपमा मनाउँदै देशभर १ लाख बिरूवा रोप्ने लक्ष्य राखेको जानकारी दिए।

Post a Comment

Previous Post Next Post