नेपालगञ्जको भानुभक्त चोकमा लोकप्रिय एथनिक वेयर ब्रान्ड Sister Collection को पहिलो फिजिकल स्टोरको ग्रान्ड ओपनिङ हुने भएको छ।
लामो समयदेखि अनलाइनमार्फत एथनिक तथा ट्रेन्डिङ पहिरन उपलब्ध गराउँदै आएको Sister Collection ले अब आफ्ना ग्राहकलाई प्रत्यक्ष रूपमा सेवा दिने उद्देश्यले नेपालगञ्जमा आफ्नो पहिलो स्टोर सञ्चालनमा ल्याउन लागेको हो।
Sister Collection को ग्रान्ड ओपनिङ यही भदौ १४ गते, २०८३ मा भानुभक्त चोक, नेपालगञ्जमा हुँदैछ। स्टोरमा विभिन्न डिजाइन र स्टाइलका कुर्ती, अनारकली, प्लाजो सेट, को-अर्ड सेट, इन्डो–वेस्टर्न तथा अन्य एथनिक वेयर उपलब्ध हुने बताइएको छ।
अनलाइन बजारमा लामो समयदेखि ग्राहकको विश्वास जित्दै आएको Sister Collection को पहिलो स्टोर सञ्चालनमा आउन लागेसँगै नेपालगञ्जका ग्राहकहरूले अब आफ्नो रोजाइका पहिरनहरू प्रत्यक्ष रूपमा हेरेर खरिद गर्न सक्नेछन्।

.png)
Post a Comment