नेपालगञ्ज। पश्चिम नेपालमा शिक्षा क्षेत्रको सहकार्य, विद्यार्थीका लागि नयाँ अवसर तथा अन्तर्राष्ट्रिय शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित Western Nepal Education Summit 2026 आयोजना हुने भएको छ।
Yatra Media House Pvt Ltd र Akhabar Media Pvt. Ltd. को आयोजनामा हुने कार्यक्रम August २७ गते नेपालगञ्जस्थित Siddhartha Cottage and Restaurant मा बिहान ११ बजेदेखि सुरु हुनेछ।
स्थानीय कलेज, Education Consultancy तथा International University बीच बलियो र पारस्परिक लाभदायी सहकार्य स्थापना गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा Student Admission, Academic Partnership, Career Development, Training तथा International Education Pathways सम्बन्धी अवसर र सम्भावनाबारे छलफल तथा अन्तरक्रिया हुनेछ।
शिक्षा क्षेत्रसँगै कार्यक्रममा विशेष सांस्कृतिक कार्यक्रम तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत रहनेछन्। यसले शिक्षा, अवसर, कला र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने आयोजकको भनाइ छ।
पश्चिम नेपालका विद्यार्थी तथा शैक्षिक संस्थालाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग जोड्दै शिक्षा क्षेत्रमा नयाँ सहकार्य र अवसर सिर्जना गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनमा Colleges, Education Consultancy, International University तथा शिक्षा क्षेत्रका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम: Western Nepal Education Summit 2026
आयोजक: Yatra Media House Pvt Ltd and Akhabar Media Pvt. Ltd.
मिति: २७ अगस्ट २०२६
समय: बिहान ११ बजे
स्थान: Siddhartha Cottage and Restaurant, Nepalgunj, Banke


Post a Comment