विद्यार्थीको खाजा खर्चबाट जुटेको रु. ११,१११ विपद् राहत कोषमा सहयोग

बाँके, ३ भदौ २०८३ जाजरकोट–रसुवा विपद्बाट प्रभावित नागरिकको सहयोगार्थ इन्टर्याक्ट क्लब अफ बागेश्वरी मावि, गाभर, बाँके ले रु. ११,१११ सहयोग गरेको छ।


विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा तथा व्यक्तिगत खर्चका लागि बचत गरेको पकेट मनीबाट रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। संकलित रकम रोटरी क्लब अफ सेन्ट्रल बाँके द्वारा सञ्चालित “जाजरकोट–रसुवा विपद् राहत कोष–२०२६” मा हस्तान्तरण गरिएको हो।

विद्यार्थीहरूको यस अनुकरणीय पहलले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सहयोगको भावनालाई व्यवहारमै प्रस्तुत गरेको छ। सानो बचतबाट ठूलो मानवीय सहयोग सम्भव हुन्छ भन्ने सन्देशसमेत यस अभियानले दिएको छ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले इन्टर्याक्ट क्लब, विद्यार्थी, शिक्षक तथा बागेश्वरी मावि परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ।

Post a Comment

Previous Post Next Post