नेपालगञ्ज, बाँके — मोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका तथा बेपत्ता भएका व्यक्तिहरूको सम्झना र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आदर्श माध्यमिक विद्यालय, नेपालगञ्ज, बाँकेले दियो प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।
विद्यालयको आयोजनामा २०८३ भदौ २२ गते गणेशमान चोक, नेपालगञ्जमा दियो प्रज्वलन कार्यक्रम गरिने जनाइएको छ। कार्यक्रममा सहभागी भई दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक तथा शुभेच्छुकहरूलाई आह्वान गरिएको छ।
कार्यक्रममार्फत विपद्का कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता र समवेदना प्रकट गरिनेछ।
“आऔँ, दियो प्रज्वलन गरौँ, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरौँ।” 🕯️🙏


Post a Comment