कोहलपुरमा सरसफाइ कार्यक्रम सम्पन्न

कोहलपुर, भदौ २७ – "पर्यावरण संरक्षण गरौँ, दिगो भविष्य निर्माण गरौँ" भन्ने मूल नाराका साथ आज कोहलपुरमा वृहत सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।



पर्यावरण संरक्षण अभियानअन्तर्गत बिहान ७:०० बजेदेखि कोहलपुर-११ स्थित साझा चोक पश्चिम क्षेत्रमा सरसफाइ गरिएको हो।


उक्त कार्यक्रम ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर नगरपालिका वडा नं. ११, इलाका प्रहरी कार्यालय, र कोहलपुर नगर प्रहरीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।


कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँके, लायन्स क्लब अफ कोहलपुर, बेटर बाँके, थारुगाउँ टोल विकास संस्था (कोहलपुर-११), तथा भियानेट (Vianet) लगायतका संस्थाहरूले सहआयोजक एवं सहयोगीको रूपमा सहभागिता जनाएका थिए।



स्थानीय बासिन्दा, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त सरसफाइ अभियानले वातावरण स्वच्छता सम्बन्धी जनचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएका छन्।

Post a Comment

Previous Post Next Post