रोटरी क्लब अफ सेन्ट्रल बाँकेको च्यारिटी फुटसल खेल हुँदै ।

नेपालगञ्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँके र बैंकर्सबीच मैत्रीपूर्ण तथा च्यारिटी फुटसल खेल आयोजना हुने भएको छ। खेल असोज १७ गते शनिबार बिहान ७ बजेदेखि कोहलपुरस्थित शिखा एकेडेमी, पिपरीमा हुने भएको हो।



‘Friendship | Sportsmanship | Service’ भन्ने सन्देशसहित आयोजना हुने खेलमा २ बैंकर्स टोली र २ रोटरी टोली सहभागी हुनेछन्। प्रत्येक खेल ३० मिनेटको हुने आयोजकले जनाएको छ।


रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्ल ठकुरीको नेतृत्वमा क्लबले सामाजिक सेवा तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।


फुटसल खेलबाट प्राप्त सहयोग मानव सेवा आश्रम नेपालगञ्ज, बाँकेका लागि खाद्यान्न सेवा कार्यक्रममा प्रयोग गरिने जनाइएको छ। आयोजकले खेलकुदसँगै मित्रता, सहकार्य र सामाजिक सेवाको भावना प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

Post a Comment

Previous Post Next Post