रोटरी र बागेश्वरी माध्यामिक बिध्यालयको पहलमा १०० विद्यार्थीलाई नेपाली कथानक चलचित्र ‘बा एक योद्धा’ प्रदर्शन

नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको पहल तथा सहयोगमा बागेश्वरी माध्यमिक विद्यालय, गावरका करिब १०० जना विद्यार्थी तथा शिक्षकलाई नेपालगंजको सिने रोयलमा नेपाली चलचित्र ‘बा एक योद्धा’ प्रदर्शन गरिएको छ।


विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई सहभागी गराइएको उक्त चलचित्र प्रदर्शनमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्ल, गणेश सागर हमाल, रोटेरियन लक्ष्मण शाही तथा बागेश्वरी माध्यमिक विद्यालय परिवार, गावरको प्रायोजन तथा सहयोग रहेको थियो।

विद्यार्थीहरूलाई मनोरञ्जनसँगै नेपाली कला, संस्कृति तथा सिर्जनशील गतिविधिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम रोटरी इन्टरनेशनलको ‘Basic Education & Literacy” (आधारभूत शिक्षा तथा साक्षरता) केन्द्रित गतिविधि अन्तर्गत सञ्चालन गरिएको हो।


कार्यक्रम बागेश्वरी माध्यमिक विद्यालयमा क्रियाशील इन्टरयाक्ट क्लबलाई सहयोग तथा विद्यार्थीहरूको शैक्षिक र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको रोटरी क्लब अफ सेन्ट्रल बाँकेले जनाएको छ।

चलचित्र प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नेपाली चलचित्र हेर्ने अवसरसँगै मनोरञ्जनात्मक माध्यमबाट सामाजिक तथा पारिवारिक मूल्य–मान्यताबारे बुझ्ने अवसर प्राप्त गरेको विद्यालयले जनाएको छ। रोटरी क्लबले आगामी दिनमा पनि शिक्षा, साक्षरता तथा विद्यार्थी केन्द्रित विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Post a Comment

Previous Post Next Post