लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १३१ सुरक्षाकर्मी लाभान्वित भएका छन। भिजन आँखा अस्पताल, भिजन कम्युनिटी सेन्टर र नेपालगञ्ज अप्टिकल्सको सहयोगमा रोटरी क्लव सेन्ट्रल बाँकेले शनिबार उक्त कार्यक्रम आयोजना गरेको थियो। रोट्रयाक्ट क्लव अफ एमपी स्कुल तथा रोट्रयाक्ट क्लव सेन्ट्रल बाँकेले समेत कार्यक्रममा सहयोग प्रदान गरेका थिए। भिजन आँखा अस्पताल र नेपालगञ्ज अप्टिकल्सका प्राविधिकहरू बिमलकुमार कार्की र सपना सिजापतिले प्राबिधिक सहयोग उपलब्ध गराएका थिए। कार्यक्रममा पहिचान भएका र थप उपचार आवश्यक परेका सुरक्षाकर्मीहरूलार्इ भिजन आँखा अस्पताल र नेपालगञ्ज अप्टिकल्समा सहुलियतमा थप विशेषज्ञ उपचार सेवा उपलब्ध हुने नेपालगञ्ज अप्टिकल्सका सञ्चालक समेत रहेका कार्यक्रम संयोजक रोटरीयन बिमल कुमार कार्कीले वताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि गण प्रमुख तथा प्रहरी उपरीक्षक मिलन के.सी.ले जीवनमा आँखाको महत्व थाहा पाउन एकैछिन
आँखा चिम्लिएमात्र हुने उल्लेख गर्दै जनताको सेवामा चौबिसै घण्टा खटिनुपर्ने प्रहरी कर्मचारीलार्इ कार्यालयमै आएर सेवा उपलब्ध गराएकोमा आयोजकलार्इ धन्यबाद व्यक्त गर्नुभयो साथै यस्ता कार्यक्रमलार्इ समुदायमा पुर्याउन सहकार्य गर्न तयार रहेको प्रतिवद्दता जनाउँदै र निरन्तरता
दिन अनुरोध गर्नुभयो। क्लबका पुर्व अध्यक्ष रोटरीयन सीए विश्वराम भण्डारीले रोटरीको मर्म नै "आफु भन्दा माथि सेवा" रहेकोले यस किसिमका कार्यक्रमले निरन्तरता पाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।



Post a Comment