नेपालगञ्ज — होटल स्टारलाइटको आयोजनामा सम्पन्न ओपन इन्डोर क्रिकेट टुर्नामेन्ट–२०८२ मा नेक्ससले शानदार प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनलमा नेक्ससले योङ्ग गनलाई १८ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।
फाइनल खेलको विवरण
पहिलो ब्याटिङमा उत्रिएको नेक्ससले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १०० रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो।
अमर सिंह रौटेलाले दमदार ५३ रन
रिजवान अन्सारीले उपयोगी ३७ रनको योगदान गरे।
योङ्ग गनका तर्फबाट सुनिल भण्डारीले २ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा यङ्ग गन ८१ रनमै अलआउट भयो।
रोहन के.सी.ले उत्कृष्ट ४९ रन जोडे पनि टिमलाई जिताउन सकेनन्।
नेक्ससका बलर अमर सिंह रौटेला र वासिम हल्वाईले समान २/२ विकेट लिएर टोलीलाई जित दिलाए।
प्रतियोगितामा व्यक्तिगत पुरस्कारहरू यसप्रकार छन् :
सर्वश्रेष्ठ ब्याट्सम्यान : अमर सिंह रौटेला
सर्वश्रेष्ठ बलर : श्याम आर्या
फाइनल खेलाडी : अमर सिंह रौटेला
टुर्नामेन्टको उत्कृष्ट खेलाडी : अमर सिंह रौटेला
फेयरप्ले अवार्ड : सगरमाथा कलेज
विजेता नेक्ससले नगद रु.२५,०००, ट्रफी, मेडल र होटल स्टार होटेलमा एक रातको बसाइ पुरस्कार प्राप्त गर्यो।
उपविजेता यङ्ग गनले नगद रु.१२,५०० सहित ट्रफी र मेडल हात पार्यो।
आयोजक होटल स्टारलाइटका अनुसार प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने र समुदायमा एकताको सन्देश फैलाउने उद्देश्य पुरा गरेको छ।
समुदायका हिरोका रूपमा राजन श्रेष्ठ, केशव खत्री, स्वास्थ्यतर्फ बैष्णो मेडिकल हल, मनोरञ्जनमा स्टार इन्टरटेन्मेन्ट (सन्तोष ग्रुप) र फिटनेस प्रवर्द्धनमा नेपालगञ्ज फुत्सल ग्राउण्डका लागि केशव रानाको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।
Post a Comment