गढीमाईमा वादविवाद प्रतियोगिता सम्पन्न

वाक् कला र तार्किक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी श्री गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालय , महागढीमाई नगरपालिका - १ , बरियारपुर बारामा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । 


कक्षा ९ देखि १२ सम्मका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबिच  ' सम्पत्ति ठुलो कि शिक्षा '  विषयमा  सम्पन्न वादविवाद प्रतियोगितामा पक्ष र विपक्ष गरी जम्मा १६ जना विद्यार्थी सहभागी भएका थिए । 


जसमा प्रथम  स्थान राधेश्याम ज्वाला , द्वितीय स्थान खुसी गिरी र तृतीय स्थान अमन चौरसियाले पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको सभाध्यक्ष विद्यालयका सहायक प्रधानाध्यापक जियालाल प्रसाद कुशवाहा , निर्णायक मण्डल परशुराम यादव , हेमराज राई , अशोक कुमार गुप्ता र समयसूचक लालु यादव रहनुभएको वादविवाद प्रतियोगिता कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक श्रीधर भण्डारीले गर्नुभएको थियो ।   


त्यस्तै कार्यक्रमलाई अनुशासित र मर्यादित बनाउनमा विद्यालयका शिक्षक शिक्षिकाहरू एवम्  गढीमाई बाल क्लबका सदस्यहरूले अहम् जिम्मेवारी भूमिका  निभाउनुभएको उक्त वादविवाद प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

Post a Comment

Previous Post Next Post