बाँके, कात्तिक १४ गते।
सिद्धार्थ जंग शाह
वडा प्रहरी कार्यालय नेपालगन्जले पछिल्ला चौध महिनाको अवधिमा शान्ति सुरक्षा, सामाजिक सद्भाव कायम र अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ।
प्रमुख उपलब्धिहरू (प्रहरी निरीक्षक अरुण बमको कार्यकालमा):
भन्सार छली नियन्त्रण:
सो अवधिमा रु. ६९ लाख ८८ हजार ४६१ बराबरका अवैध भन्सार छलिका सामानहरू बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
यस कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिई दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको छ।
रु. ३ लाख ८८ हजार २०० भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ।
फरार प्रतिवादी नियन्त्रण:
अदालतबाट फैसला भई फरार रहेका १९ जनालाई पक्राउ गरी ५ वर्ष १ महिना २९ दिनको कैद भुक्तान तथा रु. १ लाख ६२ हजार २५० असुल गरिएको छ।
चेक अनादर, मोटरसाइकल चोरी, सार्वजनिक अपराध र नकबजनी चोरी मुद्दामा फरार रहेका ३२ जना प्रतिवादीलाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।
लागूऔषध नियन्त्रण:
वडा प्रहरी टोलीले ३७५.४०१ ग्राम ब्राउनसुगर र अन्य लागूऔषध सहित १४ जनालाई पक्राउ गरी माथिल्लो निकायमा पठाएको छ।
त्यस्तै, रु. २ लाख ५१ हजार ७९८ सहित ३६ जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको छ।
आपत्कालीन तथा उद्धार कार्य:
'जेन जी आन्दोलन' का क्रममा विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका ८ जना थुनुवा तथा कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिइएको छ।
२० जना बालबालिका र ज्येष्ठ नागरिकको उद्धार गरी सुरक्षाको दायरामा ल्याइएको छ।
तिहारको समयमा करिब रु. ४ लाख बराबरका पटका बरामद गरी नष्ट गरिएको थियो।
उजुरी तथा हिंसा व्यवस्थापन:
कार्यालयमा दर्ता भएका ७०६ वटा ठाडो उजुरीमध्ये ५५७ वटा फछ्र्यौट भएका छन्।
घरेलु हिंसासम्बन्धी २९ वटा निवेदनमध्ये २७ वटा फछ्र्यौट गरिएको छ।
सामाजिक सद्भावमा विशेष भूमिका र बिदाइ
प्रहरी निरीक्षक बमको कार्यकालमा नेपालगन्जमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनेको स्थानीय वडाबासीले महसुस गरेका छन्। उहाँले विभिन्न पर्वहरूमा तटस्थ र संवेदनशील भूमिका निर्वाह गर्दै सुरक्षा संयोजनलाई मजबुत बनाउनुभयो।
स्थानीयहरूको भनाइअनुसार, वडा प्रहरी कार्यालयको यस उत्कृष्ट कार्यप्रति नगरबासी खुसी छन् र उहाँको नेपालगन्जको कार्यकाल विवादरहित रह्यो। सरुवा भएसँगै नेपालगन्जका विभिन्न संस्था तथा व्यक्तिहरूले कार्यक्रम आयोजना गरी उहाँलाई विधिवत् बिदाइ गरेका छन्। उहाँको १४ महिनाको बसाइमा नेपालगन्जबासीले "प्रहरी मेरो साथी" भन्ने वाक्यांश लाई यथार्थमा महसुस गर्न पाएका छन्।






Post a Comment