पक्राउ पुर्जी जारी भएका विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी, प्रधानमन्त्री कार्कीको आलोचना चुलियो

 कार्तिक ९, नेपालगन्ज ।

सिद्धार्थ जङ्ग शाह ।

​विवादित छविका खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको आलोचना भइरहेको छ ।


​सामाजिक सञ्जालमा दलितको समर्थन गर्दै विवादित बयान दिनुका साथै विवादित स्टाटस लेख्ने अभियन्ता मन्त्रीका लागि सिफारिस भए सङ्गै, उनलाई चिन्नेहरूले उनीविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारको आलोचना गरिरहेका छन् ।

​दैलेखको नारायण नगरपालिका वडा नम्बर २, भैसेखोर निवासी खगेन्द्र २०७८/७९ मा दैलेखबाट नेपाली काँग्रेसको महासमिति सदस्य निर्वाचित समेत भएका थिए ।


​सुर्खेतको मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि उनीविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दा परेपछि अदालतले २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले खगेन्द्रलाई सात दिनभित्र पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्र लेखेको थियो ।



​उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा समेत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

​यी दुवै मुद्दामा उनी 'फरार अभियुक्त' को रेकर्डमा रहेको प्रहरी स्रोत बताउँछ ।

​खगेन्द्र दलित अधिकारको पक्षमा पटक-पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका थिए । उनले काठमाडौंमा नेर लगाएर गरेको प्रदर्शनले मिडियामा राम्रै स्थान पाएको थियो ।

Post a Comment

Previous Post Next Post