बराहताल गाउँपालिकाका अध्यक्षज्यूको शहरी विकास मन्त्रीसँग भेटवार्ता

बराहताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारीज्यूले आज शहरी विकास मन्त्रालय पुगेर माननीय शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमानसिङ घिसिङज्यूसँग भेटवार्ता गर्नुभएको छ।





भेटवार्ताका क्रममा गाउँपालिकाभित्र देखिएका विभिन्न विकाससम्बन्धी समस्याहरू, अड्किएका योजनाहरू, पूर्वाधार विकासका चुनौतीहरू तथा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्वपूर्ण विषयहरूबारे विस्तृत र गम्भीर छलफल गरिएको छ।





गाउँपालिकामा प्रभाव पारिरहेका प्रमुख समस्या र आवश्यक समाधानका लागि अध्यक्षज्यूले मन्त्रीज्यू समक्ष विशेष पहल तथा आवश्यक सहयोगको माग पनि गर्नुभएको छ।


यस महत्वपूर्ण भेटवार्ताले गाउँपालिकाको समग्र विकासका कार्यक्रमहरूलाई नयाँ दिशा र गति दिने उच्च अपेक्षा गरिएको छ।






Post a Comment

Previous Post Next Post