Uk मा student visa मा बस्दै आएका साबिक बाग्लुङ जिल्ला, हुग्दीसीर, बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती ( हाल: Bristol युकेमा बसोबास गर्दै ) सिर्जना भुजेल Colon-Rectal जस्तो प्राणघातक क्यान्सर रोगका कारण अस्पतालमा
उपचारका क्रममा अकालमै मृत्यु भएको राम प्रसाद कँडेल युके एनआरएन उपाध्यक्षले जानकारी दिएका छन्। हाल एनआरएनले युकेनमा बस्दै गरेका नेपाली विद्यार्थीहरुको समस्याहरु सँगसँगै कालमै ज्यान गुमाउनु भएका विद्यार्थी भाइबहिनीहरूको उद्धारलागी सहयोग संकलन तथा उद्धार कार्यक्रममा सक्रिय भएर काम गर्दै आएका उपाध्यक्षले बताएका छन्। हार्दिक अपिल दुःखद खबरका साथ हामीले विद्यार्थी गुमाएका छौं अन्त्येष्टि तथा सम्बन्धित खर्चका लागि करिब £2,500 आवश्यक परेको छ। यस कठिन समयमा तपाईंहरूको सानो सहयोगले पनि ठूलो राहत मिल्नेछ। सामाजिक क्षेत्रमा योगदान पुर्याउने विद्यार्थीलाई गुमाउँदा समुदायमा गहिरो दुःख र शोक छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले एनआरएन मार्फत योगदान गर्न सक्ने जानकारी दिइएको छ।


Post a Comment