नेपालगंज , चैत २२
सिद्धार्थ जंग शाह
सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई सम्बोधन गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत २३ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अब सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। इन्धन खपत कम गर्ने उद्देश्यले यो कदम चालिएको सरकारको भनाइ छ।
सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिइने। बिदाका कारण सेवा प्रवाहमा असर नपरोस् भन्नका लागि कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। साथै आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय।
बिदा सम्बन्धी यो नयाँ व्यवस्था २०८२ चैत २३ गतेदेखि कार्यान्वयनमा आउने।
प्रवक्ता पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा आएको अवरोधका कारण सवारी साधनको चाप कम गर्न र विदेशी मुद्रा सञ्चितिमा सहयोग पुर्याउन यो निर्णय सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।


Post a Comment