म मरे भने,
सायद मेरो मोबाइलको पासवर्ड
सबैभन्दा ठूलो रहस्य बन्नेछ,
दाजुभाइले औंला राखेर खोल्न खोज्लान्,
तर फेस आईडीले पनि
लास देखेर काम गर्न मानेन भने
सबैजना झन् धेरै खोजीमा लाग्ने छन्..
र कोही साथी कुनाकाप्चामा बसेर सोच्ला—
“अब यसका च्याटहरू कसले डिलिट गर्ने?”
म मरे भने,
आमाको संसार आधा टुक्रिनेछ,
उहाँको निधारको सिन्दूरभन्दा गहिरो
पीडाको रेखा कोरिनेछ।
मेरो नाम सुन्नासाथ
उहाँको मुटु भक्कानिनेछ,
र भान्सामा पाक्दै गरेको दालले पनि
सायद, त्यो दिन स्वाद बिर्सिनेछ।
बुबा...
उहाँ सायद धेरै रुनुहुन्न होला,
तर चुपचाप मेरो फोटो हेरेर
आँखा पुछ्नु हुनेछ।
उहाँको त्यो मौनता नै
सबैभन्दा ठूलो चिच्याहट हुनेछ।
किनकि पुरुषहरू
आँशुभन्दा गहिरो गरी दुख्छन्।
तर दुखेको जस्तो देखिने छैनन् ।
सायद मेरो मोबाइलको पासवर्ड
सबैभन्दा ठूलो रहस्य बन्नेछ,
दाजुभाइले औंला राखेर खोल्न खोज्लान्,
तर फेस आईडीले पनि
लास देखेर काम गर्न मानेन भने
सबैजना झन् धेरै खोजीमा लाग्ने छन्..
र कोही साथी कुनाकाप्चामा बसेर सोच्ला—
“अब यसका च्याटहरू कसले डिलिट गर्ने?”
म मरे भने,
आमाको संसार आधा टुक्रिनेछ,
उहाँको निधारको सिन्दूरभन्दा गहिरो
पीडाको रेखा कोरिनेछ।
मेरो नाम सुन्नासाथ
उहाँको मुटु भक्कानिनेछ,
र भान्सामा पाक्दै गरेको दालले पनि
सायद, त्यो दिन स्वाद बिर्सिनेछ।
बुबा...
उहाँ सायद धेरै रुनुहुन्न होला,
तर चुपचाप मेरो फोटो हेरेर
आँखा पुछ्नु हुनेछ।
उहाँको त्यो मौनता नै
सबैभन्दा ठूलो चिच्याहट हुनेछ।
किनकि पुरुषहरू
आँशुभन्दा गहिरो गरी दुख्छन्।
तर दुखेको जस्तो देखिने छैनन् ।
म मरे भने,
मेरो प्रेमिकाले
सायद मेरो पुरानो म्यासेज पढेर
रातभरि रुनेछे,
“क्या गर्दै हो ?”
भन्ने सामान्य शब्दमा पनि
उनले सिंगो ब्रह्माण्डको प्रेम भेट्नेछिन्।
सायद अर्को बिहे गर्लिन्,
तर कहिलेकाहीँ श्रीमान् सुतिसकेपछि
चुपचाप मेरो फोटो हेरेर
भन्नेछिन्
“पागल, तिमी किन यति चाँडो गयौ?”
मेरो प्रेमिकाले
सायद मेरो पुरानो म्यासेज पढेर
रातभरि रुनेछे,
“क्या गर्दै हो ?”
भन्ने सामान्य शब्दमा पनि
उनले सिंगो ब्रह्माण्डको प्रेम भेट्नेछिन्।
सायद अर्को बिहे गर्लिन्,
तर कहिलेकाहीँ श्रीमान् सुतिसकेपछि
चुपचाप मेरो फोटो हेरेर
भन्नेछिन्
“पागल, तिमी किन यति चाँडो गयौ?”
म मरे भने,
मेरा अधुरा सपनाहरू
घरको छतमा अल्झिएर बस्नेछन्।
मेरो डायरीका पानाहरू
हावामा फरफराउँदै
मेरो कथा दोहोर्याइरहनेछन्।
सायद यमराज आफैं अलमल्ल पर्लान्,
यस्तो मान्छे किन यति चाँडो पठाइयो?
र म त्यहाँ पनि
स्वर्गको वाइफाइ पासवर्ड खोज्दै
देवताहरूलाई हैरान पारिरहेको हुनेछु।
म मरे भने,
मेरो गाउँको बाटोले
मेरो पाइला खोज्नेछ,
मेरो आवाज बिना
चौतारी सुनसान हुनेछ।
चिया पसले दाइले पनि
एक कप चिया खन्याउँदै भन्नु हुनेछ—
ऊ हुँदा कस्तो रमाइलो हुन्थ्यो...
च्यापिएर मर्नु भन्दा चियापियर मर्नु निको भन्थ्यो ,
म मरे भने,
कागजमा लेखिएका मेरा योजनाहरू
अधुरा क्रान्तिजस्तै रहनेछन्।
समाज परिवर्तनका नाराहरू
मेरो स्वर खोजिरहनेछन्।
सायद कुनै एक युवा
मेरो कथाबाट प्रेरित भएर
मेरो अधुरो सपना पूरा गर्न उठ्नेछ।
म मरे भने,
मेरो आत्मा कहिलेकाहीँ
मेरो आफ्नै श्राद्धमा आएर
हेर्नेछ
को साँचो रोयो,
को नाटक गर्यो,
र को खाना राम्रो छ भनेर
दोस्रो पटक लाइन बस्यो।
म मरे भने,
मेरो शत्रुहरूले पनि
एकछिन मौनता अपनाउनेछन्,
सायद सोच्लान
लड्न लायक मान्छे गयो..
म मरे भने,
मेरो हाँसो
घरको कुनाकाप्चामा गुञ्जिरहनेछ।
मेरा पुराना लुगा
अलमारीभित्र मौन भएर
मेरो स्पर्श खोज्नेछन्।
मेरो तकियाले
अनगिन्ती रातका सपना सम्झिनेछ।
सायद चन्द्रमाले पनि
त्यो रात केही फिका उज्यालो छर्नेछ,
किनकि एक सपनादर्शी तारा
पृथ्वीबाट हराएको हुनेछ।
मेरा अधुरा सपनाहरू
घरको छतमा अल्झिएर बस्नेछन्।
मेरो डायरीका पानाहरू
हावामा फरफराउँदै
मेरो कथा दोहोर्याइरहनेछन्।
सायद यमराज आफैं अलमल्ल पर्लान्,
यस्तो मान्छे किन यति चाँडो पठाइयो?
र म त्यहाँ पनि
स्वर्गको वाइफाइ पासवर्ड खोज्दै
देवताहरूलाई हैरान पारिरहेको हुनेछु।
म मरे भने,
मेरो गाउँको बाटोले
मेरो पाइला खोज्नेछ,
मेरो आवाज बिना
चौतारी सुनसान हुनेछ।
चिया पसले दाइले पनि
एक कप चिया खन्याउँदै भन्नु हुनेछ—
ऊ हुँदा कस्तो रमाइलो हुन्थ्यो...
च्यापिएर मर्नु भन्दा चियापियर मर्नु निको भन्थ्यो ,
म मरे भने,
कागजमा लेखिएका मेरा योजनाहरू
अधुरा क्रान्तिजस्तै रहनेछन्।
समाज परिवर्तनका नाराहरू
मेरो स्वर खोजिरहनेछन्।
सायद कुनै एक युवा
मेरो कथाबाट प्रेरित भएर
मेरो अधुरो सपना पूरा गर्न उठ्नेछ।
म मरे भने,
मेरो आत्मा कहिलेकाहीँ
मेरो आफ्नै श्राद्धमा आएर
हेर्नेछ
को साँचो रोयो,
को नाटक गर्यो,
र को खाना राम्रो छ भनेर
दोस्रो पटक लाइन बस्यो।
म मरे भने,
मेरो शत्रुहरूले पनि
एकछिन मौनता अपनाउनेछन्,
सायद सोच्लान
लड्न लायक मान्छे गयो..
म मरे भने,
मेरो हाँसो
घरको कुनाकाप्चामा गुञ्जिरहनेछ।
मेरा पुराना लुगा
अलमारीभित्र मौन भएर
मेरो स्पर्श खोज्नेछन्।
मेरो तकियाले
अनगिन्ती रातका सपना सम्झिनेछ।
सायद चन्द्रमाले पनि
त्यो रात केही फिका उज्यालो छर्नेछ,
किनकि एक सपनादर्शी तारा
पृथ्वीबाट हराएको हुनेछ।
म मरे भने,
स्वर्गमा पुगेपछि पनि
म पृथ्वी चियाइरहनेछु
आमाको आँशु,
साथीहरूको याद,
प्रेमको अधुरोपन,
र समाजका घाउहरू...
म मरे भने,
मेरो मृत्यु केवल अन्त्य हुनेछैन,
त्यो हुनेछ
धेरै कथाहरूको मोड,
धेरै आँशुहरूको वर्षा,
धेरै हाँसोहरूको सम्झना।
किनकि म केवल एउटा शरीर थिइनँ,
म सपना थिएँ,
म प्रेम थिएँ,
म विद्रोह थिएँ,
म हाँसो थिएँ,
म कसैको छोरो,
कसैको साथी,
कसैको संसार थिएँ।
भन्ने भावना आउनेछ ।
र जब म मर्नेछु
मेरो चिहानमाथि उम्रिएको घाँसले पनि
हावासँग सुस्केरा हाल्दै भन्नेछ
यहाँ एक यस्तो मान्छे सुतेको छ,
जो बाँचुन्जेल
अरूका लागि बाँचेको थियो...
सायद,
कुनै दिन
कुनै अपरिचित यात्री
मेरो समाधिस्थल नजिक उभिएर
मेरो कथा सुन्नेछ,
र प्रेरित भएर
आफ्नो जीवन बदल्नेछ।
# इतिश्री
२०८३/०२/०१
स्वर्गमा पुगेपछि पनि
म पृथ्वी चियाइरहनेछु
आमाको आँशु,
साथीहरूको याद,
प्रेमको अधुरोपन,
र समाजका घाउहरू...
म मरे भने,
मेरो मृत्यु केवल अन्त्य हुनेछैन,
त्यो हुनेछ
धेरै कथाहरूको मोड,
धेरै आँशुहरूको वर्षा,
धेरै हाँसोहरूको सम्झना।
किनकि म केवल एउटा शरीर थिइनँ,
म सपना थिएँ,
म प्रेम थिएँ,
म विद्रोह थिएँ,
म हाँसो थिएँ,
म कसैको छोरो,
कसैको साथी,
कसैको संसार थिएँ।
भन्ने भावना आउनेछ ।
र जब म मर्नेछु
मेरो चिहानमाथि उम्रिएको घाँसले पनि
हावासँग सुस्केरा हाल्दै भन्नेछ
यहाँ एक यस्तो मान्छे सुतेको छ,
जो बाँचुन्जेल
अरूका लागि बाँचेको थियो...
सायद,
कुनै दिन
कुनै अपरिचित यात्री
मेरो समाधिस्थल नजिक उभिएर
मेरो कथा सुन्नेछ,
र प्रेरित भएर
आफ्नो जीवन बदल्नेछ।
# इतिश्री
२०८३/०२/०१


Post a Comment