शाइनिङ स्टार स्कूल प्रवेशको फाइनल

 जनक थापा नेपालगञ्ज, बाँके 

प्रथम प्रदेश सभा कप बाँके क्षेत्र नं. १ (ख) फुटबल प्रतियोगिता २०८३ अन्तर्गत आज भएको सेमिफाइनल खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। Shining Star E.M. School र Nepal APF School बीच भएको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित समयमा बराबरी खेलेपछि खेल थप रोमाञ्चक बनेको थियो।


खेलभर दुवै टोलीले आक्रामक तथा उत्कृष्ट खेल प्रदर्शन गरेका कारण मैदानमा उपस्थित दर्शकहरूको मन ढुकढुक भएको थियो। अन्तिम समयसम्म कसले जित्ने भन्ने अनुमान गर्न निकै कठिन भएको यस खेलले सबै दर्शकलाई उत्साहित बनाएको थियो। निर्धारित समय बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टीमा दुवै टोलीले ५–५ गोल गरेपछि थप पेनाल्टीमा खेल प्रवेश गरेको थियो। त्यसपछि भएको निर्णायक पेनाल्टीमा Shining Star E.M. School ले ६–५ गोल अन्तरले शानदार जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ। 


खेलमा Shining Star का गोलकिपर स्वयम् बि.के.ले उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै महत्वपूर्ण बचाउ गरेका थिए। उनको साहसिक खेल, आत्मविश्वास र उत्कृष्ट गोलकिपिङका कारण टोलीले महत्वपूर्ण जित हासिल गर्न सफल भयो। उत्कृष्ट प्रदर्शनकै कारण गोलकिपर स्वयम् बि.के. “Player of the Match” बन्न सफल भएका छन्। 🧤⚽


यस प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५ लाख, द्वितीय हुने टोलीले रु. ३ लाख तथा तृतीय हुने टोलीले रु. २ लाख पुरस्कार प्राप्त गर्ने व्यवस्था रहेको छ।


यस ऐतिहासिक जितसँगै Shining Star E.M. School ले उपाधितर्फ आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ। सम्पूर्ण खेलाडी, प्रशिक्षक, शिक्षक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा फाइनल खेलका लागि शुभकामना। 

Post a Comment

Previous Post Next Post